आज विश्वकर्मा पूजा, सवारी साधनको समेत पूजा गरिदै
काठमाडौं – हरेक वर्ष जस्तै आज असोज १ गते विश्वकर्मा पूजा मनाइदै छ ।...
काठमाडौं – नेपालमा अटोमोटिभ सर्भिस वर्कशप तथा औद्योगिक क्षेत्रमा आवश्यक उपकरण र मेसिनरी उपलब्ध गराउँदै आएको हिट्को प्रालिले आफ्नो स्थापनाको ५१औँ वर्ष पुरा गरी ५२ वर्षमा प्रवेश गरेको छ। कम्पनीले पाँच दशकभन्दा लामो व्यावसायिक यात्रामा ग्राहक र अन्तर्राष्ट्रिय साझेदारहरूले देखाएको विश्वास तथा सहकार्यप्रति आभार व्यक्त गरेको छ।
२०३२ मंसिर ७ गते स्थापना भएको हिट्को प्रालि ५१ वर्ष पुरा भएर ५२ वर्षमा प्रवेश गरेको हिट्को प्रालिका म्यानेजिङ डाइरेक्टर प्रदिपमान प्रधानले बताए । प्रधान भन्छन्, ‘हामीलाई अहिले यो अवस्थामा ल्याउनमा ग्राहक वर्गको भूमिका महत्वपूर्ण छ । लामो समय देखि हाम्रो बफादार ग्राहक बनेकोमा सबैलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा समेत उत्कृष्ट उत्पादन र सेवा उपलब्ध गराउने हाम्रो नीतिप्रति हामी प्रतिबद्ध छौ ।’
हिट्कोले नेपालमा अटोमोटिभ सर्भिस वर्कशप र औद्योगिक क्षेत्रका लागि ग्यारेज उपकरण, एयर कम्प्रेसर, मेसिनरी तथा जेन्युइन स्पेयर पाट्र्स उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार वर्कशपदेखि ठूला औद्योगिक प्रतिष्ठानसम्म आवश्यक उपकरण तथा सेवा कम्पनीले आगामी दिनमा समेत उपलब्ध गराउने छ।
कम्पनीले आफ्नो यात्रालाई ग्राहकको विश्वास, साझेदारहरूको निरन्तर सहयोग र गुणस्तरीय सेवाप्रतिको प्रतिबद्धताको परिणामका रूपमा लिएको छ। ग्राहकलाई दैनिक कार्यसञ्चालनमा आवश्यक पर्ने उपकरण उपलब्ध गराउनेदेखि आधुनिक सर्भिस सेन्टरलाई आवश्यक प्रविधि र औद्योगिक प्रणाली सञ्चालनका लागि भरपर्दो मेसिनरी तथा पाट्र्स उपलब्ध गराउन कम्पनीले भूमिका निर्वाह गर्दै आएको जनाएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय साझेदारहरूको प्राविधिक विशेषज्ञता र सहकार्यले नेपालमा सर्टिफाइड इक्विपमेन्ट तथा बिक्रीपछिको सेवा विस्तार गर्न सहयोग पुगेको कम्पनीले उल्लेख गरेको छ। देशका विभिन्न क्षेत्रमा ग्राहकलाई आवश्यक सेवा र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ।
५१औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले आगामी दिनमा पनि उत्तरदायी सेवा, गुणस्तरीय इन्जिनियरिङ र दीर्घकालीन व्यावसायिक साझेदारीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।
हिट्कोले आफ्नो पाँच दशकभन्दा लामो यात्रामा साथ दिने सम्पूर्ण ग्राहक, व्यावसायिक साझेदार तथा प्रिन्सिपलहरूलाई धन्यवाद दिँदै नेपालमा अटोमोटिभ सर्भिस र औद्योगिक क्षेत्रमा नवीनता तथा प्रविधिको विस्तारमा निरन्तर योगदान गर्ने जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...