टीभीएस नेपालद्वारा नेपालकै पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, २५ टीभीएस मोटरसाइकल हस्तान्तरण
काठमाडौं – टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो पहिलो प्रिमियम तथा...
काठमाडौं–टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे ट्रयाक एक्सपेरियन्स कार्यक्रममार्फत नेपाली बजारमा नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल सार्वजनिक गरेको छ ।
मोटरसाइकलको अनावरण टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्स प्रालिका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा गरे ।
अनावरणपछि मञ्चबाट बोल्दै टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले अपाचे २०० ४भी यूएसडीको प्रमुख विशेषता यसको रिफाइन्ड इन्जिन र सहज प्रदर्शन भएको बताए ।
उनका अनुसार यसमा एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल–च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम जस्ता प्रविधि समावेश गरिएका छन्, जसले राइडरलाई सुरक्षित र आधुनिक राइडिङ अनुभव दिन्छन् ।
नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडीमा प्रदर्शन, सुरक्षा र प्रविधिको सन्तुलित संयोजन रहेको छ । राइडरले आवश्यकता र सडकको अवस्थाअनुसार अर्बन, स्पोर्ट र रेन गरी तीन राइड मोड छनोट गर्न सक्नेछन् ।
दैनिक यात्राका लागि अर्बन मोड, रोमाञ्चक प्रदर्शनका लागि स्पोर्ट मोड तथा ट्र्याक्सन कन्ट्रोल सिस्टमको सहायताले चल्ने रेन मोड उपलब्ध छन् ।
ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध यो मोटरसाइकलको नेपाली बजारमा मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ र यो देशभरका टीभीएस शोरुममा उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...