२० वर्षको प्रयासपछि अप्टेराले बनायो पहिलो सोलार कार
काठमाडौं–अमेरिकी स्टार्टअप कम्पनी अप्टेराले २० वर्षको प्रयासपछि आफ्नो...
काठमाडौं ः जर्मन अटोमोबाइल ब्रान्ड ओपेल र चिनियाँ विद्युतीय सवारी निर्माता लिपमोटरले नयाँ इलेक्ट्रिक एसयूभी विकास गर्ने सम्झौता गरेका छन् । दुवै कम्पनीले सी–सेग्मेन्टको नयाँ एसयूभी विकास गरी सन् २०२८ मा बजारमा ल्याउने तयारी गरेका हुन् ।
सम्झौताअनुसार लिपमोटरले नयाँ एसयूभीको इन्जिनियरिङ तथा विकाससम्बन्धी सेवा उपलब्ध गराउनेछ । यसबापत ओपेलले लिपमोटरलाई १० करोड युरो (करिब ११ करोड अमेरिकी डलर) भुक्तानी गर्नेछ ।
नयाँ एसयूभीको उत्पादन स्पेनको जारागोजास्थित स्टेलान्टिसको प्लान्टमा हुनेछ । यसको उत्पादन सन् २०२८ को सेप्टेम्बरबाट सुरु गर्ने लक्ष्य राखिएको छ भने बिक्री पनि सोही वर्षबाट सुरु हुने अपेक्षा गरिएको छ ।
यो एसयूभीमा लिपमोटरका मुख्य कम्पोनेन्ट प्रयोग गरिने उल्लेख छ । तर यसको बाहिरी डिजाइन, क्याबिनको बनावट, च्यासिस इन्जिनियरिङ, आधुनिक लाइटिङ प्रणाली र सिट प्रविधिमा ओपेलको आफ्नै विशेषता समावेश गरिनेछ ।
हाल दुवै कम्पनीका टोली चीनको हाङझाउ र जर्मनीको रसेल्सहाइमस्थित संयुक्त परियोजना केन्द्रबाट काम गरिरहेका छन् ।
यो सहकार्य स्टेलान्टिस र लिपमोटरबीचको रणनीतिक साझेदारीको महत्वपूर्ण हिस्सा हो । स्टेलान्टिससँग लिपमोटरको करिब १९.९९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
लिपमोटरका अनुसार यो परियोजनाले चीनबाहिर अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्न सहयोग पु¥याउनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...