चीनलाई निर्यात केन्द्र बनाउँदै फक्सवागन, वार्षिक ३ लाख गाडी निर्यात गर्ने लक्ष्य

काठमाडौं–चीनमा बिक्री घट्दै गएपछि फक्सवागनले त्यहाँको उत्पादन तथा प्रविधिलाई विश्व बजारमा विस्तार गर्ने रणनीति बनाएको छ । कम्पनीले सन् २०३० सम्म चीनमा उत्पादित वार्षिक ३ लाख गाडी विदेश निर्यात गर्ने लक्ष्य राखेको छ ।

फक्सवागनका प्रमुख वित्तीय अधिकृत आर्नो एन्टलिट्जले उक्त लक्ष्यलाई प्रारम्भिक तथा सावधानीपूर्वक तय गरिएको अनुमान बताएका छन् । चीनमा बजारको सम्भावना कमजोर हुँदै गएकाले निर्यातमार्फत त्यसको क्षतिपूर्ति गर्ने कम्पनीको योजना छ ।

सन् २०२६ को पहिलो नौ महिनामा फक्सवागनका चिनियाँ संयुक्त लगानीका कम्पनीहरूले १२ लाख २४ हजार गाडी बिक्री गरेका थिए । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ प्रतिशत कम हो । ती कम्पनीले अघिल्लो वर्ष ७४ करोड ४० लाख युरो सञ्चालन नाफा कमाएकोमा यस वर्ष ११ करोड ३० लाख युरो घाटा बेहोरेका छन् ।

फक्सवागनले चीनमा उत्पादन भएका फक्सवागन र जेट्टा ब्रान्डका गाडी मध्यपूर्व, उज्बेकिस्तान, काजकिस्तान र अफ्रिकी बजारमा निर्यात गर्न सुरु गरिसकेको छ । सन् २०२६ को अन्त्यसम्म मेक्सिको, इजिप्ट र भियतनाममा समेत निर्यात विस्तार गर्ने योजना छ ।

यसका साथै कम्पनीले चीनमै विकास गरेको प्रविधिलाई पनि अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी गरेको छ । विशेषगरी एक्सपेङसँगको सहकार्यमा विकास गरिएको चाइना इलेक्ट्रोनिक आर्किटेक्चर (सीईए) यस रणनीतिको महत्वपूर्ण हिस्सा हो ।

यो प्रविधिले गाडीमा प्रयोग हुने इलेक्ट्रोनिक कन्ट्रोल युनिटको संख्या करिब ३० प्रतिशत घटाउन र विकास प्रक्रियाको समय ३० प्रतिशतसम्म कम गर्न सक्ने कम्पनीको दाबी छ । यसलाई विद्युतीय, प्लगइन हाइब्रिड र पेट्रोलियम इन्धनबाट चल्ने गाडीमा प्रयोग गर्न सकिन्छ ।

फक्सवागनले उक्त प्रविधि दक्षिण अमेरिका लगायतका ग्लोबल साउथ बजारमा विस्तार गर्ने योजना बनाएको छ । यसरी फक्सवागनले चीनलाई केवल उत्पादन र बिक्रीको बजारमा सीमित नराखी आफ्नो विश्वव्यापी निर्यात तथा प्रविधि विकासको महत्वपूर्ण केन्द्र बनाउने रणनीति अघि सारेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...