नेपालमा दसैं : थाइल्यान्ड र हङकङमा रेसिङ, दसैं रौनक छोडी रेसिङ तिर
एसिया अटो जिमखाना च्याम्पियनसिप (एएजीसी) २०२६ मा नेपालको तर्फबाट सहभागी...
काठमाडौं- नेपालको सबैभन्दा ठूलो रेसिङ कार्यक्रमका रूपमा चिनिने ‘रेस वार्स २०२६’ यही नोभेम्बर २७ र २८ अर्थात मंसिर ११ र १२ मा बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कुलमा हुने भएको छ।
मोटो वर्ल्ड नेपाल र एडभान्स्ड राइडिङ एकेडेमीको संयुक्त आयोजनामा हुने दुई दिने प्रतियोगितामा ५० भन्दा बढी रेसरले भाग लिने अपेक्षा गरिएको छ। कार्यक्रम हेर्न ३ हजारभन्दा बढी दर्शक आउने आयोजकको अनुमान छ।
दुई दिन सम्म हुने सो रेस वार्स २०२६ अन्तर्गत पहिलो दिन शुक्रबार राइडर रजिस्ट्रेसन र डकुमेन्ट भेरिफिकेसन, सेफ्टी चेक तथा मोटरसाइकल स्क्रुटिनी हुनेछ। त्यसपछि अभ्यास सत्र र ग्रिड पोजिसन तय गर्ने क्वालिफाइङ सत्र सञ्चालन गरिनेछ।
दोस्रो दिन शनिबार दर्शकका लागि विभिन्न गतिविधि हुनेछन्। त्यसपछि नकआउट हिट, सेमिफाइनल र फाइनल रेस हुनेछन्। कार्यक्रमको अन्त्यमा पुरस्कार वितरण र आफ्टर पार्टी सेलिब्रेसन हुने आयोजकको भनाइ छ।
प्रतियोगिता मिडिया, एक्सपर्ट, एमेचर र महिला गरी चार श्रेणीमा हुनेछ। मिडिया श्रेणीमा दर्ता भएका मिडिया÷समाचार कम्पनी र अधिकारी सहभागी हुनेछन्। सहभागीलाई क्रसफायर लेट्बे फ्लाइगन २२० सिटी मोटरसाइकल उपलब्ध गराइनेछ। उनीहरूले हेल्मेट, पन्जा, बुट, राइडिङ ज्याकेट (काँध र कुहिनामा प्याडसहित) र नि गार्ड लगायतका सामग्री आफैं ल्याउनुपर्नेछ। विजेतालाई ट्रफी, भाउचर र प्रायोजकका सामग्री दिइनेछ।
कुनै पनि अन–रोड रेसमा पोडियममा स्थान बनाइसकेका रेसरका लागि एक्सपर्ट श्रेणी राखिएको छ। पहिलो हुनेले रु. २५ हजार, दोस्रोले रु. १५ हजार र तेस्रोले रु. १० हजार पाउनेछन्।
एमेचर श्रेणीमा सबैभन्दा ठूलो पुरस्कार रकम छ। पहिलो हुनेले रु. ५० हजार, दोस्रोले रु. ३० हजार र तेस्रोले रु. २० हजार पाउनेछन्।
महिला रेसरका लागि छुट्टै प्रतिस्पर्धा हुनेछ। यसमा क्युजे मोटर्सले क्युजे एसआरके १८० एस मोटरसाइकल उपलब्ध गराउनेछ। पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु. २५ हजार, रु. १५ हजार र रु. १० हजार पाउनेछन्।
आयोजकका अनुसार रेसर र ब्रान्डबीच स्वस्थ प्रतिस्पर्धा बढाउने, ब्रान्डलाई आफ्ना उत्पादनको क्षमता देखाउने मञ्च दिने र नयाँ रेसरलाई मोटरस्पोर्ट्समा प्रवेश गर्ने अवसर दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...