ह्याचब्याक ग्राहक पनि आकर्षित गर्दै टाटा एरिस, पहिलो महिनामै ४ हजार युनिट बिक्री

काठमाडौं–टाटा मोटर्सको नयाँ कम्प्याक्ट सेडान एरिसले बजार प्रवेश गरेको पहिलो महिनामै ४ हजार युनिट बिक्री गरेको छ । ग्राहकको अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले यसको उत्पादन क्षमता बढाउने तयारी गरेको छ ।

टाटा मोटर्सका अनुसार, एरिसले कम्प्याक्ट सेडान सेग्मेन्टका ग्राहकसँगै प्रिमियम ह्याचब्याक प्रयोगकर्तालाई पनि आकर्षित गरिरहेको छ । यसको आकर्षक डिजाइन, आधुनिक फिचर र सुरक्षा सुविधाले ग्राहकको ध्यान खिचेको कम्पनीको भनाइ छ ।

टाटा एरिसमा १.२ लिटर पेट्रोल र सीएनजी इन्जिन उपलब्ध गराइएको छ । दुवै पावरट्रेनमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्सको विकल्प दिइएको छ ।

यो नयाँ कार ४ मिटरभन्दा कम लम्बाइको छ । यसको फ्रन्टमा स्लिम एलईडी हेडल्याम्प, नयाँ ग्रिल र फुल विड्थ डीआरएल स्ट्रिप दिइएको छ । साइड प्रोफाइलमा क्लीन लाइन्स र र यू आकारको अलोय ह्विल प्रयोग गरिएको छ भने रियरमा कनेक्टेड एलईडी टेलल्याम्प र बीचमा टाटा लोगो राखिएको छ । कारमा ४१९ लिटरको बुट स्पेस उपलब्ध छ । सीएनजी भेरियन्टमा ट्विन–सिलिन्डर प्रयोग गरिएको छ ।

एरसको ड्यासबोर्डमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ । एएमटी भेरियन्टमा रोटरी डायल गियर सेलेक्टर दिइएको छ भने स्टेयरिङ ह्विल टु स्पोक डिजाइनको छ जसमा कन्ट्रोल्स राखिएको छ ।

यसमा रियर एसी भेन्ट, आर्मरेस्ट र चार्जिङ पोर्ट उपलब्ध गराइएको छ । टप भेरियन्टमा भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस चार्जिङ, टाइप–सी यूएसबी पोर्ट र अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता फिचर उपलब्ध गराइएके छ ।

सेफ्टीका लागि सबै भेरियन्टमा ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, रियर पार्किङ सेन्सर, आईएसओफिक्स चाइल्ड–सिट माउन्ट र हिल–होल्ड असिस्ट उपलब्ध छ । टप भेरियन्टमा ३६० डिग्री क्यामेरा र डिजिटल डीभीआरजस्ता फिचर पनि दिइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...