प्रधानमन्त्रीकै उपस्थितिमा पपुवा न्यूगिनी पुग्यो बीवाईडी याङवाङ यू८
काठमाडौं–बीवाईडीको लक्जरी अफरोड एसयूभी याङवाङ यू८ औपचारिक रूपमा पपुवा...
काठमाडौं–बीवाईडीले आफ्नो ओसियन सिरिजअन्तर्गत नयाँ फ्ल्यागशिप एमपीभी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले सामाजिक सञ्जालमार्फत उक्त एमपीभीको पहिलो टिजर सार्वजनिक गरेको हो ।
बीवाईडीको ओसियन सिरिज बिक्री विभागका महाप्रबन्धक झाङ झुओले नयाँ एमपीभी चाँडै सार्वजनिक हुने जानकारी दिएका छन् । कम्पनीले यसलाई परिवारका लागि तयार गरिएको नयाँ पुस्ताको सवारीका रूपमा प्रस्तुत गरेको छ ।
टिजरमा देखाइएअनुसार नयाँ एमपीभीको छतमा लिडार सेन्सर जडान गरिएको छ । यसले बीवाईडीको ‘गड्स आई’ इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम प्रयोग गर्ने संकेत गर्छ । यसको डिजाइन लामो र आकर्षक देखिएको छ ।
बीवाईडीले हालै ‘हाइजिङ’ (ज्अर्थात् ‘सी ह्वेल’ नामको ट्रेडमार्क दर्ता गरेपछि नयाँ एमपीभीको नाम ‘ह्वेल’ रहने अनुमान गरिएको छ ।
सो नयाँ एमपीभीमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र अगाडि जडान गरिएको विद्युतीय मोटर सहितको प्लगइन हाइब्रिड प्रणाली रहने अपेक्षा गरिएको छ । यसको पेट्रोल इन्जिनले ११५ किलोवाट र विद्युतीय मोटरले २०० किलोवाट (२६८ एचपी) पावर उत्पादन गर्ने बताइएको छ ।
यसको इन्टेरियरमा फ्रिज, टिभी र ठूलो सोफासहितको प्रिमियम सुविधा उपलब्ध हुने अनुमान छ । त्यस्तै, भेन्टिलेसन, हिटिङ तथा मसाज सुविधायुक्त जिरो ग्राभिटी सिट र उत्कृष्ट साउन्ड इन्सुलेसन पनि रहने अपेक्षा गरिएको छ ।
हाल बीवाईडीको डाइनास्टी सिरिजमा ‘सिया’ एमपीभी उपलब्ध छ । ओसियन सिरिजमा नयाँ एमपीभी थपिएसँगै कम्पनीले आफ्नो एमपीभी बजार विस्तार गर्ने लक्ष्य राखेको देखिन्छ । यद्यपि, नयाँ मोडलको आधिकारिक स्पेसिफिकेसन र सार्वजनिक मिति भने घोषणा हुन बाँकी छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...