उत्पादनमा आएको ७ महिनामै फेरी बन्द भयो पल्सर १८०
काठमाडौं–बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल पल्सर १८० लाई भारतीय बजारबाट...
बजाजले आफ्नो प्रिमियम टुरिङ मोटरसाइकल डोमिनार ४०० लाई नयाँ फिचरसहित अपडेट गर्ने तयारी गरेको छ। कम्पनीले नयाँ मोडलमा ५ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट डिस्प्ले र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता नयाँ फिचर उपलब्ध गराउन सक्ने अनुमान गरिएको छ।
बजाजले यसअघि सन् २०२६ जुनमा डोमिनार ४०० लाई नयाँ ३५० सीसी इन्जिनसहित अपडेट गरेको थियो। इन्जिन क्षमता परिवर्तन भए पनि त्यस समयमा मोटरसाइकलको डिजाइन र अन्य फिचरमा ठूलो परिवर्तन गरिएको थिएन। हाल भारतीय बजारमा बजाज डोमिनार ४०० को मूल्य २ लाख ९ हजार भारु रहेको छ। नयाँ फिचर थपिएसँगै यसको मूल्यमा पनि केही परिवर्तन हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, कम्पनीले नयाँ मोडलको लन्च मिति र मूल्यबारे जानकारी सार्वजनिक गरिसकेको छैन।
नयाँ ५ इन्चको डिस्प्लेको प्रमुख विशेषता गुगल म्याप मिररिङ हो, यसको मद्दतले राइडरले स्क्रिनमा नेविगेशन हेर्न सकिन्छ । एन्ड्रोइन्ड स्मार्टफोनमा फोन स्क्रिन बन्द हुँदा पनि गुगल म्याप मिररिङ काम गर्छ । साथै डिस्प्लेमा डक्युमेन्ट स्टोरेज, ल्याप टाइमर, म्युजिक कन्ट्रोल र स्मार्टफोन नोटिफिकेसनजस्ता सुविधासमेत उपलब्ध हुने अपेक्षा गरिएको छ। त्यस्तै, यसमा दिन र रातका लागि छुट्टाछुट्टै डिस्प्ले थिम र अटोमेटिक ब्राइटनेस एडजस्टमेन्ट सुविधा पनि हुनेछ।
डोमिनार ४०० मा अर्को महत्त्वपूर्ण फिचर टायर प्रेसर मोनिटरिङ सिस्टम हो। सो सिस्टमले मोटरसाइकलको फ्रन्ट र रियरका टायरको हावाको चापसम्बन्धी जानकारी इन्स्ट्रयुमेन्ट क्लस्टरमा देखाउनेछ। यसले टायरको प्रेसर नियमित रूपमा जाँच गर्न सजिलो हुनुका साथै आवश्यक अवस्थामा समयमै जानकारी प्राप्त गर्न सकिनेछ।
नयाँ टीएफटी डिस्प्लेबाट विभिन्न राइडिङ मोडहरू छनोट गर्न सकिने सम्भावना छ। मोटरसाइकलमा ट्र्याक्सन कन्ट्रोल र रियर एबीएसलाई आवश्यकताअनुसार अन वा अफ गर्ने विकल्पसमेत उपलब्ध हुन सक्नेछ। हालको मोडलमा रहेको फोर-वे डी-प्याड स्विचगियरलाई पनि नयाँ सिस्टमअनुसार परिमार्जन गरिने अपेक्षा गरिएको छ।
नयाँ डोमिनार ४०० मा क्रूज कन्ट्रोल फिचर पनि थपिने अपेक्षा गरिएको छ। सो मोटरसाइकलमा पहिले नै इलेक्ट्रोनिक थ्रोटल बडी र राइड-बाइ-वायर प्रविधि उपलब्ध रहेकाले क्रूज कन्ट्रोल थप्न प्राविधिक रूपमा सहज हुन सक्छ। बजाजले ट्रायम्फ मोटरसाइकलसँगको सहकार्यमा पनि क्रूज कन्ट्रोल प्रविधि विकास गरिसकेको छ।
नयाँ डोमिनार ४०० मा ३४९ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन नै उपलब्ध हुनेछ। सो इन्जिनले ४० पीएस पावर र ३३ एनएम टर्क उत्पादन गर्छ। यसमा स्लिपर क्लच र ६ स्पिड गियरबक्स दिइएको छ। त्यस्तै, मोटरसाइकलमा अपसाइड डाउन फ्रन्ट फोर्क, रियर मोनोशक सस्पेन्सन, अगाडि र पछाडि दुवैतर्फ डिस्क ब्रेक र ड्युअल च्यानल एबीएस उपलब्ध हुनेछ । यसमा १५० सेक्शनको पछाडिको टायर दिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...