भिनफास्टको भीएफ५ अपडेटसहित लन्च, ३७० किलोमिटर रेन्ज दिने

भिनफास्टले कम्प्याक्ट इलेक्ट्रिक एसयूभी भीएफ५ को फेसलिफ्ट संस्करण भियतनाममा लन्च गरेको छ। कम्पनीले सो मोडलमा पुरानो संस्करणको तुलनामा धेरै परिवर्तन गरिएको छ।सन् २०२२ मा पहिलोपटक लन्च भएको भीएफ५ कम्पनीका विश्व बजारमा सर्वाधिक बिक्री हुने इलेक्ट्रिक मोडलमध्ये एक हो। बजारमा आएको करिब ४ वर्षपछि कम्पनीले यसमा केही अपडेट गरेको छ ।

नयाँ फेसलिफ्ट संस्करणमा ४३ किलोवाट आवर क्षमताको ठूलो ब्याट्री प्याक दिइएको छ। नयाँ ब्याट्रीले एलईडीसी परीक्षणअनुसार फुल चार्जमा ३७० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। सो ब्याट्रीले फ्रन्टमा जडान गरिएको इलेक्ट्रिक मोटरलाई पावर प्रदान गर्छ, जसले ९९ हर्सपावर पावर र १३५ एनएम टर्क उत्पादन गर्छ। चार्जिङका लागि ६.६ किलोवाट एसी चार्जिङ र अधिकतम ६० किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध गराइएको छ।

नयाँ भीएफ५ को पुरानोको तुलनामा धेरै नै फरक छ । यसको डिजाइन बक्सी आकारको छ र बाहिरी बनावट अझ बढी एसयूभीजस्तो देखिन्छ। यसको लम्बाइ ३९८७ एमएम, चौडाइ १७७२ एमएम र उचाइ १५९५ एमएम रहेको छ। यसको फ्रन्टमा भएको हेडलाइटलाई बम्परको तल्लो भागमा राखिएको छ भने दुवैपट्टि ठाडो एयर इन्टेक र स्लेटेड एयर ड्याम दिइएको छ।

साइड प्रोफाइलमा बडी क्ल्याडिङ, १७ इन्चका एरोडाइनामिक डिजाइनयुक्त अलोय ह्विल र नयाँ विन्डो लाइन दिइएको छ । यसको चार्जिङ पोर्ट दायाँतर्फको अगाडिको पाङ्ग्रामाथि राखिएको छ। पछाडिको भागमा लामो एलईडी लाइट, पछाडिको विन्डस्क्रिन, इन्टिग्रेटेड ब्रेक लाइटसहितको ठूलो रूफ स्पोइलर र प्लास्टिक फिनिसिङयुक्त बम्पर दिइएको छ।

कम्पनीले यसको इन्टेरियरमा पनि केही परिवर्तन गरिएको छ। पुरानो ड्यासबोर्डको डिजाइन हटाएर नयाँ मिनिमलिस्टिक लेआउट दिइएको छ। सेन्टर टचस्क्रिनलाई ८ इन्चबाट बढाएर १० इन्च बनाइएको छ। त्यस्तै, नयाँ दुई स्पोक डिजाइनको स्टेयरिङ ह्विल पनि दिइएको छ।यसमा दिइएको छुट्टै डिजिटल ड्राइभर डिस्प्ले हटाइएको छ । चालकले आवश्यक पर्ने सवारीसम्बन्धी जानकारीसमेत १० इन्चको सेन्टर टचस्क्रिनमार्फत हेर्न सक्नेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...