कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा
काठमाडौँ – काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७...
काठमाडौं - काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत नियम विपरीत साइलेन्सर तथा अन्य पाटपुर्जा परिवर्तन गरी ध्वनि प्रदूषण गराउने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका मोटरसाइकलहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार कारबाही गरिनेछ । कारबाहीका क्रममा मोटरसाइकल कम्पनीले निर्धारण गरेको मूल स्वरूपमा फर्काउन लगाई आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने बताइएको छ।
सवारी साधनको स्वरूप परिवर्तन गरी अत्याधिक आवाज निकाल्दा ध्वनि प्रदूषण हुनुका साथै सर्वसाधारणको स्वास्थ्य र दैनिक जनजीवनमा समेत प्रतिकूल असर पर्ने भएकाले यस्तो कार्य नगर्न सवारी धनीलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेको निर्देशनमा सञ्चालन भइरहेको यस अभियानलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सवारी धनी तथा चालकलाई सवारी साधन कम्पनीले निर्धारण गरेको मापदण्ड अनुसार नै सञ्चालन गर्न र गैरकानुनी रूपमा स्वरूप परिवर्तन नगर्न अनुरोध गरेका छन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...