इलेक्ट्रोनिक पार्किङ ब्रेकले कसरी काम गर्छ? जान्नुहोस् यसका विशेषता
कार पार्किङ गर्दा गाडीलाई स्थिर राख्न म्यानुअल ह्यान्डब्रेकको लिभर...
कारको कुनै पार्टपुर्जाको वारेन्टी अवधि समाप्त भएमा यसलाई परिवर्तन गर्दा ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा सर्भिस सेन्टरले प्रायः कम्पनीका सक्कली पार्टपुर्जा प्रयोग गर्न सुझाव दिन्छन् भने स्थानीय ग्यारेजले सस्ता विकल्प उपलब्ध गराउँछन्। तर बजारमा पाइने सबै सस्ता पार्टपुर्जा गुणस्तरहीन हुँदैनन् र महँगो हुँदैमा सबै पार्टपुर्जा उत्कृष्ट हुन्छन् भन्ने पनि छैन।
कारका पार्टपुर्जा जेन्युइन, ओईएम र आफ्टरमार्केट पार्ट्सजस्ता तीन प्रकारका विकल्प हुन्छ । यी पार्टपुर्जाहरु बीचको भिन्नता बुझ्न सकेमा गाडीको आवश्यकता र बजेटअनुसार सही विकल्प छनोट गर्न सकिन्छ। त्यस्तै, बजारमा पाइने पार्टपुर्जाहरु बारे जानकारी हुनु आवश्यक छ।
जेन्युइन पार्ट्स भन्नाले कार निर्माता कम्पनीले आफ्नो ब्रान्डअन्तर्गत बिक्री गर्ने आधिकारिक पार्टपुर्जा हुन् । यस्ता पार्टपुर्जा कम्पनीको मापदण्डअनुसार तयार गरिएका हुन्छन् र सामान्यतया कम्पनीको आफ्नै ब्रान्डको प्याकेजिङमा उपलब्ध हुन्छन्। यी पार्टपुर्जा अधिकृत डिलर र सर्भिस सेन्टरबाट खरिद गर्न सकिन्छ। गाडीको डिजाइन र सेफ्टी अनुसार तयार गरिने हुनाले अन्य विकल्पको तुलनामा यस्ता पार्टपुर्जा महँगो हुन्छ ।
ओईएमको अर्थ ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर हो। यसले सवारी साधन निर्माता कम्पनीका लागि आवश्यक पार्टपुर्जा उत्पादन गर्ने मूल आपूर्तिकर्ताको भूमिका खेलेको हुन्छ । कार निर्माता कम्पनीले आफ्ना सबै पार्टपुर्जा आफैं उत्पादन गर्दैनन्। उनीहरूले अन्य कम्पनीलाई आवश्यक पार्टपुर्जा निर्माण गर्न लगाएको हुन्छ र गाडीमा प्रयोग हुने पार्टपुर्जासँग मिल्दोजुल्दो हुन्छ । कम्पनीको ब्रान्डिङ र वितरण सिस्टम फरक हुने भएकाले यस्ता पार्टपुर्जा जेन्युइन पार्ट्सभन्दा केही सस्तो पर्न सक्छ ।
आफ्टरमार्केट पार्ट्स गाडी बिक्री भइसकेपछि त्यसमा प्रयोग गर्नका लागि अन्य कम्पनीले उत्पादन गर्ने पार्टपुर्जा हो । यस्ता पार्टपुर्जा मूल कार निर्माता कम्पनीले उत्पादन वा आधिकारिक रूपमा आपूर्ति गरेको हुनुपर्छ भन्ने छैन। बजारमा विभिन्न कम्पनीले फरक-फरक मूल्य र गुणस्तरका आफ्टरमार्केट पार्ट्स उत्पादन गर्छन्। यी पार्टपुर्जा स्थानीय बजार तथा स्पेयर पार्ट्स पसलमा सजिलै उपलब्ध हुन्छन्। यस्ता पार्टपुर्जा सामान्यतया सस्तो हुन्छ । तर, आफ्टरमार्केट पार्ट्सको गुणस्तर उत्पादक कम्पनीअनुसार फरक हुन सक्छ।
कारका पार्टपुर्जा खरिद गर्दा सक्कली हो वा नक्कली हो भनेर जाच्नका लागि पहिले त्यसको प्याकेजिङ र लेबल जाँच गर्नुपर्छ। सक्कली पार्टपुर्जाको प्याकेजिङ सामान्यतया सफा, स्पष्ट र व्यवस्थित हुन्छ। बक्समा कम्पनीको लोगो, पार्ट नम्बर, सिरियल नम्बर र आवश्यक विवरण उल्लेख गरिएको हुन्छ। तर नक्कली पार्टपुर्जाको प्याकेजिङमा गलत हिज्जे, धमिलो छपाइ, अस्वाभाविक लोगो र कमजोर गुणस्तरको बक्स हुन सक्छ। सिल फुटेको, लेबलमा विवरण नमिलेको र प्याकेजिङमा शंकास्पद परिवर्तन देखिएमा त्यस्ता पार्टपुर्जा खरिद गर्नुअघि थप जाँच गर्नुपर्छ।
कारमा कुन प्रकारको पार्टपुर्जा प्रयोग गर्ने भन्ने कुरा त्यसको प्रकृति, गुणस्तर, मूल्य र सुरक्षामा पर्ने प्रभावका आधारमा निर्णय गर्नुपर्छ। ब्रेक, एयरब्याग, स्टेयरिङ र सस्पेन्सनजस्ता सेफ्टीसँग सम्बन्धित पार्टपुर्जालाई प्राथमिकता दिनु उचित हुन्छ।सामान्य मर्मतसम्भारका पार्टपुर्जामा पनि विश्वसनीय उत्पादकको विकल्प रोज्न सकिन्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...