धानखोला–लमही सडक मर्मतमा नेपालमै पहिलोपटक आधुनिक रिक्लेमेसन प्रविधि प्रयोग गरिँदै

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि लमहीसम्मको सडक खण्ड विस्तार तथा पुनःस्थापनाका लागि आधुनिक फूल डेप्थ रिक्लेमेसन (Full Depth Reclamation–FDR) उपकरण दाङ आइपुगेका छन् ।

एमसिए–नेपालले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत सञ्चालन गरिरहेको सडक मर्मत आयोजनामार्फत नेपालमै पहिलोपटक यो प्रविधि प्रयोग गर्न लागेको हो। यस प्रविधिमा विद्यमान सडकको अस्फाल्टलगायत सामग्रीलाई पुनःप्रयोग गरी सडकको आधार संरचना पुनःनिर्माण गरिन्छ। यसबाट सडक निर्माण तथा मर्मतलाई थप टिकाउ, किफायती र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।

आधुनिक प्रविधिको प्रयोगले सडक मर्मत कार्यलाई थप कुशल र प्रभावकारी बनाउनुका साथै निर्माण सामग्रीको पुनःप्रयोगलाई समेत प्रोत्साहन गर्नेछ। यसले भविष्यमा नेपालमा सडक मर्मत तथा पुनःस्थापनाको काममा नयाँ प्रविधिको प्रयोग विस्तार गर्न सक्ने सम्भावना देखाएको छ।

आयोजनाअन्तर्गत धानखोला–लमही सडक खण्डलाई १२ मिटर चौडा बनाइनेछ। यसका लागि दुवैतर्फ सात–सात मिटर चौडाइको क्यारिजवे (सवारी गुड्ने भाग) र दुवैतर्फ साढे दुई–साढे दुई मिटर चौडाइको सोल्जर निर्माण गरिनेछ।

यस सडक खण्डको मर्मत तथा विस्तार सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्गको आवागमन थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...