कारमा जेन्युइन, ओईएम र आफ्टरमार्केट पार्ट्स बीच के छ फरक? नक्कली पार्ट्स चिन्ने तरिका जान्नुहोस्
कारको कुनै पार्टपुर्जाको वारेन्टी अवधि समाप्त भएमा यसलाई परिवर्तन गर्दा...
कारको फ्युल पम्प इन्जिनको सबैभन्दा महत्वपूर्ण पार्टमध्ये एक हो । यसको मुख्य काम फ्युल ट्याङ्कीबाट पेट्रोल वा डिजेललाई आवश्यक चापमा इन्जिनसम्म पुर्याउनु हो। यदि फ्युल पम्पले राम्रोसँग काम गर्न छाड्यो भने गाडी स्टार्ट हुन समस्या आउनेदेखि पिकअप कमजोर हुने र चलिरहेको अवस्थामा इन्जिन बन्द हुनेसम्मका समस्या देखिन सक्छ ।
सामान्यतया लामो समयको प्रयोग, इन्धनमा मिसिएका फोहोर पदार्थ, इन्धन फिल्टर जाम हुनु र इलेक्ट्रिक समस्याका कारण फ्युल पम्प बिग्रन सक्छ। त्यसैले फ्युल पम्पमा देखिने प्रारम्भिक खराबी लक्षण पहिचान गर्न सकेमा ठूलो समस्या आउनुअघि नै मर्मत गर्न सकिन्छ।
फ्युल पम्पमा समस्या आउँदा सबैभन्दा पहिले गाडी स्टार्ट गर्न कठिनाइ हुन्छ । इन्जिनमा आवश्यक मात्रामा इन्धन र उचित चाप पुग्न नसक्दा गाडी स्टार्ट हुन सामान्यभन्दा बढी समय लाग्छ। कतिपय अवस्थामा पटक–पटक चाबी घुमाउँदा वा स्टार्ट बटन थिच्दा मात्रै इन्जिन सुरु हुन्छ।
त्यस्तै, गाडी चलिरहेको अवस्थामा अचानक इन्जिन बन्द हुनु पनि फ्युल पम्प खराबीको संकेत हुन सक्छ। पम्पले आवश्यक मात्रामा इन्धन आपूर्ति गर्न नसक्दा इन्जिनले निरन्तर काम गर्न पाउँदैन र चलिरहेको गाडी बीच बाटोमै रोकिन सक्छ। यस्तो समस्या विशेषगरी लामो दूरीको यात्रा वा इन्जिन तातिएको अवस्थामा बढी देखिन सक्छ।
फ्युल पम्प कमजोर हुँदा गाडीको पिकअपमा पनि असर पर्छ। एक्सेलेरेटर थिच्दा अपेक्षित गति नलाग्ने, गाडीले पावर गुमाउने र उकालो चढ्दा झट्का दिने समस्या देखिन सक्छ। तीव्र गतिमा गाडी चलाउँदा पनि इन्जिनले आवश्यक इन्धन नपाउँदा गति बढाउन कठिनाइ हुन सक्छ।
अर्को संकेत इन्धन ट्याङ्कीको आसपासबाट असामान्य आवाज आउनु हो। सामान्य अवस्थामा फ्युल पम्प सञ्चालन हुँदा हल्का आवाज सुनिन सक्छ। तर पम्पबाट लगातार ठूलो आवाज, घ्यारघ्यार वा असामान्य आवाज आउन थालेमा त्यसको अवस्था जाँच गर्नुपर्छ।
गाडीमा यस्ता प्रकारका लक्षण देखिए पनि फ्युल पम्प बिग्रिएको भन्ने सोच्नु हुन्न । यस्ता समस्या इन्धन फिल्टर जाम हुँदा, फ्युल पम्पको फ्युज वा रिले बिग्रिँदा, इलेक्ट्रिक तारमा समस्या आउँदा र अन्य इन्जिनसम्बन्धी खराबीका कारण पनि देखिन सक्छ। त्यसैले गाडी नियमित सर्भिसिङ र समयमै जाँच गर्नुपर्छ ।
सामान्य पेट्रोल इन्जिन भएका कारमा प्रयोग हुने कम चापका इलेक्ट्रिक पम्प तुलनात्मक रूपमा सस्तो हुन्छ । तर डिजेल इन्जिन र डाइरेक्ट इन्जेक्सन प्रविधियुक्त पेट्रोल इन्जिनमा प्रयोग हुने उच्च चापका पम्प महँगो हुन्छ । विशेषगरी आधुनिक डिजेल कारमा प्रयोग हुने हाई प्रेसर फ्युल पम्पको मूल्य अझ बढी हुन सक्छ। फ्युल पम्प परिवर्तन गर्दा लाग्ने खर्च सबै कारमा समान हुँदैन। सबैभन्दा पहिले पम्पको प्रकारले यसको मूल्य निर्धारण गर्छ। सामान्य पेट्रोल इन्जिनमा प्रयोग हुने इलेक्ट्रिक लो प्रेसर पम्पको तुलनामा डिजेल र डाइरेक्ट इन्जेक्सन इन्जिनमा प्रयोग हुने हाई प्रेसर पम्प महँगो हुन्छ ।
केही कारमा पछाडिको सिटमुनि नै फ्युल पम्पसम्म पुग्ने एक्सेस प्यानल हुन्छ। यस्तो अवस्थामा इन्धन ट्याङ्की नहटाई पम्प बदल्न सकिने भएकाले खर्च कम लाग्छ। तर केही कारमा पम्पसम्म पुग्न इन्धन ट्याङ्की नै खोल्नुपर्ने हुन्छ, जसले गर्दा मर्मत खर्च बढ्न सक्छ। साथै फ्युल पम्प बदल्दा इन्धन फिल्टर, रबर सिल, ओ–रिङ र विद्युतीय कनेक्टरसमेत फेर्नुपर्ने अवस्था आउन सक्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...