एमजी विन्डसरलाई टक्कर दिन नयाँ ईभी ल्याउँदै टाटा
काठमाडौं–टाटा मोटर्सले एमजी विन्डसर ईभीसंग प्रतिस्पर्धा गर्न नयाँ कार...
काठमाडौं–टाटा मोटर्सले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी नेक्सनको नयाँ पुस्तामा काम गरिरहेको छ । नयाँ पुस्ताको नेक्सन हाल भारतका सडकमा परीक्षण भइरहेको छ । कम्पनीले यसलाई सन् २०२७ मा बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
आन्तरिक रूपमा ‘गरुड’ कोडनेम दिइएको नयाँ नेक्सनमा डिजाइन, प्लेटफर्म, इन्टेरियर र प्रविधिमा व्यापक परिवर्तन हुने अनुमान गरिएको छ ।
परीक्षणका क्रममा देखिएको गाडीमा बाक्लो क्यामोफ्लाज लगाइएको छ । यद्यपि यसको पछाडिको विन्डस्क्रिन पहिलेको तुलनामा बढी ढल्किएको देखिन्छ । अगाडिको भागमा स्प्लिट हेडल्याम्प डिजाइनलाई निरन्तरता दिँदै नयाँ ग्रिल, बम्पर र लाइटिङ सेटअप दिइने अपेक्षा छ ।
नयाँ मोडलमा १७ इन्चका नयाँ डिजाइनका अलोय ह्विल र पछाडिका ह्विलमा डिस्क ब्रेक देखिएको छ । यसमा राडार मोड्युलसमेत देखिएकाले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) सुविधाले निरन्तरता पाउने अनुमान गरिएको छ ।
नयाँ नेक्सनलाई हालको एक्स१ प्लेटफर्मको परिमार्जित संस्करण वा कर्भमा प्रयोग भएको एटलस प्लेटफर्ममा आधारित बनाइने अपेक्षा छ ।
नयाँ नेक्सनको इन्टेरियरमा दुईवटा छुट्टाछुट्टै डिजिटल स्क्रिन दिइने संकेत परीक्षणका क्रममा देखिएको छ । यसमा नयाँ ड्यासबोर्ड डिजाइन, अपडेटेड इन्फोटेनमेन्ट सिस्टम र आधुनिक सुविधाहरू समावेश हुने अपेक्षा छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...