बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
अर्घाखाँची । राप्ती नदीको वारि अर्घाखाँची जिल्ला छ । नदीपारि रहेको...
म्याग्दी - म्याग्दीको धौलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं ४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ ।
सङ्घीय सरकारको सस्पेन्सन ब्रिज डिभिजन काठमाडौँले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । धौलागिरि गाउँपालिका–७ का राजकुमार कोइरालाका अनुसार पुल निर्माणपछि आवतजावतका लागि यात्रा अवधि छोटिनुका साथै पर्यटकको चहलपहल बढेको छ । उनका अनुसार एक घण्टाको यात्रा अवधि पाँच मिनेटमा छोटिएको छ ।
धैलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उक्त पुलबाट हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम, काफलडाडाका बासिन्दा लाभान्वित भएका जानकारी दिए।
उनका अनुसार बाँसबोटका किसानले उत्पादन गरेको केरा बजारीकरणमा सहज भएको छ । पुल निर्माणका लागि २०८२ साल असारमा रामकृष्ण–सोमरस जेभी र डिभिजनबीच रु एक करोड ६४ लाख १५ हजार २५४ मा ठेक्का सम्झौता भएको थियो ।
अठार महिनाको ठेक्का अवधि रहेको थियो । निर्धारित समयभित्रै पुल सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि प्रवीन सापकोटाले बताए।
धौलागिरि गाउँपालिकामा यसअघि गत वर्ष दुई वटा ३०० मिटरभन्दा लामा झोलुङ्गे पुल निर्माण भएको थियो । धौलागिरि गाउँपालिका–६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा ३६५ मिटर र वडा नं –३ फलियागाँउ र दर जोड्ने दरखोलामा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । योसहित हाल म्याग्दीमा ३०० मिटरभन्दा लामा झोलुुङ्गे पुलको सङ्ख्या सात वटा पुगेको छ ।
रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५ दशमलव ८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धौलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर र अन्नपूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने ३४४ मिटर लामो पुल निर्माण भइसकेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...