जेसीबी एग्रीम्याक्स नेपालगञ्जमा सार्वजनिक, १० ग्राहकलाई मेसिन हस्तान्तरण

काठमाडौं–जेसीबी निर्माण उपकरण तथा हेभी इक्विपमेन्टको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लूअर्थमुभर्स प्रालिले नेपालगञ्जमा नयाँ एग्रीम्याक्स सार्वजनिक गरेको छ । कम्पनीले ‘पार्टनर इन प्रोग्रेस’ नामक कार्यक्रम आयोजना गर्दै उक्त मेसिन सार्वजनिक गरेको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य टेकबहादुर खत्री, बाँके अध्यक्ष लीलाराज उपाध्याय, बर्दिया वरिष्ठ उपाध्यक्ष विमल केसी, महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल र एमएडब्लू अर्थमुभर्सका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा मेसिन अनावरण गरेका हुन् ।

जेसीबी एग्रीम्याक्स सामग्री ओसारपसार तथा ह्यान्डलिङका लागि डिजाइन गरिएको बहुउपयोगी मेसिन हो । यसमा बेल ह्यान्डलर, उच्च क्षमताका सोभेल र क्ल्याम्पजस्ता एट्याचमेन्ट जडान गर्न सकिन्छ ।

कृषि, प्लाइउड उद्योग, आरएमसी तथा क्रसर प्लान्ट, ढुंगा–गिट्टी र बालुवा डिपो, उखु तथा कोइला उद्योगलगायत क्षेत्रमा यसको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कार्यक्रमको अवसरमा १० जना ग्राहकलाई जेसीबी मेसिन हस्तान्तरण गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवेदीले ग्राहकहरूलाई मेसिनको साँचो हस्तान्तरण गरेका थिए ।

कम्पनीले यसलाई पश्चिम नेपालमा जेसीबी उत्पादनप्रति ग्राहकको विश्वास र व्यावसायिक साझेदारी थप मजबुत बनेको संकेतका रूपमा लिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...