धनतेरसमा एलआरआर ग्रुपले हस्तान्तरण गर्‍यो २६ युनिट ईभी

काठमाडौं- एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर विभिन्न ब्राण्डका २६ युनिट इलेक्ट्रिक भेइकल (ईभी) ग्राहकलाई हस्तान्तरण गरेको छ। कम्पनीले आधिकारिक रूपमा आयात गर्दै आएका स्काईवेल, जिली र बीएडब्ल्यू ब्राण्डका ईभी ग्राहकलाई हस्तान्तरण गरेको हो।

कम्पनीका अनुसार शुक्रबार एकैदिन स्काईवेलका १० युनिट ईभी ग्राहकलाई हस्तान्तरण गरिएको छ। यसैगरी, बीएडब्ल्यू ई७ प्रोका ८ युनिट पनि सोही दिन ग्राहकलाई दिइएको छ।

त्यस्तै, जिलीका ८ युनिट ईभी पनि धनतेरसकै अवसरमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। यसरी तीनवटा ब्राण्डका कुल २६ युनिट ईभी ग्राहकले प्राप्त गरेका छन्।

कम्पनीका अनुसार लक्ष्मी पूजाको दिन पनि केही गाडी ग्राहकलाई हस्तान्तरण गर्ने तयारी छ। यसअघि बुकिङ गरेका ग्राहकलाई प्राथमिकतामा राखेर गाडी उपलब्ध गराउन थालिएको कम्पनीले जनाएको छ।

नाडा अटो शो २०२६ तथा त्यस आसपास बुकिङ गरेका ग्राहकले अहिले क्रमशः गाडी प्राप्त गर्न थालेका छन्।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...