उत्पादन क्षमता बढाउँदै टीभीएस, वार्षिक ८३ लाख पु-याउने लक्ष्य
काठमाडौं– टीभीएस मोटर कम्पनीले बढ्दो बजार माग पूरा गर्न उत्पादन क्षमता...
काठमाडौं–टीभीएस मोटरले इटालीको मिलानमा आयोजित २०२६ मिलान मोटरसाइकल शो (एक्मा २०२६) मा नयाँ मोटरसाइकल आरटीआर १२५ एलसी सार्वजनिक गरेको छ ।
कम्पनीले युरोपेली बजारलाई लक्षित गर्दै सार्वजनिक गरेको यो मोटरसाइकल ए१ लाइसेन्स क्याटेगोरीअन्तर्गत पर्छ ।
आरटीआर १२५ एलसी टीभीएसको युरोपेली पोर्टफोलियोमा सबैभन्दा सानो पर्फर्मेन्समा आधारित मोटरसाइकल हो । यो मोडल आरटीआर ३१०, आरआर ३१०, रोनिन र आरटीएक्स ३०० भन्दा तल रहनेछ ।
एग्रेसिभ डिजाइनमा तयार पारिएको यस मोटरसाइकलमा अग्लो पारदर्शी विन्डस्क्रिन, आयताकार एलईडी हेडलाइट र एलईडी डीआरएल दिइएको छ । यसमा आकर्षक कलर कम्बिनेसन, स्कल्प्टेड फ्युल ट्यांक, स्प्लिट सिट र स्प्लिट टेलल्याम्प डिजाइन पाउन सकिन्छ ।
१२५ सीसीको फोर–भल्भ, लिक्विड कुल्ड डीओएचसी इन्जिन जडान गरिएको यस मोटरसाइकलको पावर १५ बीएचपी र टर्क १२ एनएम रहेको छ । यसमा ६ स्पिड गियरबक्ससँगै असिस्ट एन्ड स्लिपर क्लच समेत उपलब्ध छ ।
अगाडि ४१ एमएमको केवाईबी यूएसडी फर्क र पछाडि एड्जस्ट गर्न मिल्ने मोनोशक सस्पेन्सन दिइएको यस मोटरसाइकलमा ब्रेकिङका लागि अगाडि ३०० एमएम र पछाडि २४० एमएमको बाइब्रे डिस्क ब्रेक प्रयोग गरिएको छ ।
बाइकमा ब्लुटुथ कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेसन र फुल स्क्रिन म्याप मिररिङ सपोर्ट गर्ने ५ इन्चको टीएफटी डिस्प्ले उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...