डोङफेङ ईभीमा क्याटलको सुपरफास्ट चार्जिङ ब्याट्री, ६ मिनेटमै अब फुल चार्ज
काठमाडौं–चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङ मोटरले विश्वकै तीव्र चार्जिङ...
काठमाडौं–एलआरआर मोटर्सले ‘स्काईवेल’ ईभीको डेलिभरी सुरु गरेको छ । कम्पनीले ‘नाडा अटो शो’ मा प्राप्त भएका बुकिङ अनुसार डेलिभरी दिन सुरु गरिएको जनाएको छ ।
एलआरआर मोटर्सले नाडा अटो शो २०२६ मा स्काईवेलका बीई११ मोडल लन्च गरेको थियो । त्यस क्रममा करिब ४ सय गाडी बुकिङ भएका थिए । अटो शो र त्यसपछि पनि बुकिङ गर्ने ग्राहकहरुलाई क्रमशः गाडी दिन थालिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार प्राप्त बुकिङ अनुसार उत्पादक कम्पनीमार्फत क्रमशः गाडी आइरहेका छन् । बुकिङ अनुसार चरणवद्ध रुपमा गाडी डेलिभरी दिन कम्पनीको योजना छ ।
कम्पनीले नेपालमा बीई ११ का दुइ भेरियन्ट लन्च गरेको थियो । जसअनुसार ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...