राइड सेयरिङ मोटरसाइकलको कालो नम्बर प्लेट दर्ता सुरु

काठमाडौं–बागमती प्रदेश सरकारले राइड सेयरिङमा प्रयोग हुने दुईपाङ्ग्रे सवारीसाधनलाई आधिकारिक सार्वजनिक व्यावसायिक सवारीका रूपमा दर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ ।

प्रदेश सरकारको नीतिगत निर्देशनपछि काठमाडौँको गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयले दर्ता प्रक्रिया अघि बढाएको हो, जहाँ पहिलो चरणमा एउटा कम्पनीमार्फत ५ वटा मोटरसाइकल कालो नम्बर प्लेटमा दर्ता भइसकेका छन् ।

यस व्यवस्थाअनुसार कुनै पनि सवारीधनीले व्यक्तिगत रूपमा सोझै आफ्नो निजी मोटरसाइकललाई कालो प्लेटमा दर्ता गर्न पाउने छैनन् । धेरै पुराना तथा मापदण्ड नपुगेका मोटरसाइकललाई सार्वजनिक सवारीका रूपमा दर्ता हुन नदिने गरी उमेर हद तोकिएको छ ।

कालो नम्बर प्लेट पाउने दुईपाङ्ग्रे सवारीसाधनलाई मिटर जडित ट्याक्सीसरह रुट परमिट प्रदान गरिनेछ । यस्ता सवारीको प्रदूषण जाँच, जाँचपास, भाडादर र सञ्चालन प्रणाली प्रदेश मन्त्रालय र आर्थिक ऐनको तोकिएको व्यवस्थाअनुसार हुनेछ भने यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अनिवार्य यात्रु बिमा हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...