पहिलो इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारीमा रेन्ज रोभर, २२ मिनेटमै ८० प्रतिशत चार्ज हुने
जगुआर ल्याण्ड रोभरले आफ्नो पहिलो इलेक्ट्रिक रेन्ज रोभर सार्वजनिक गरेको छ...
ल्याण्ड रोभरले भारतीय बजारमा आफ्नो नयाँ रेन्ज रोभर एसभी सवाई कलेक्सन ४ करोड ९० लाख भारुमा लन्च गरेको छ। सो विशेष कलेक्सन राजस्थानका तीन ऐतिहासिक शहरहरू - जयपुर, जोधपुर र जैसलमेरको सौन्दर्य, कला र शाही सम्पदाबाट प्रेरित छ। कम्पनीले सो कलेक्सनको केवल १८ युनिट मात्र उत्पादन गर्नेछ । यसमा ३ फरक संस्करणहरू समावेश छन् र प्रत्येक संस्करणको केवल ६ युनिट उत्पादन गरिनेछ।
रेन्ज रोभर एसभी सवाई कलेक्सन कम्पनीको रेन्ज रोभर बेस्पोक डिभिजनले निर्माण गरेक हुन् । यो भारतको लागि तेस्रो विशेष रेन्ज रोभर कलेक्सन हो। यसअघि कम्पनीले एसभी रणथम्बोर एडिसन र एसभी मसारा एडिसन लन्च गरेको थियो। नयाँ कलेक्सनमा जयपुर, जोधपुर र जैसलमेर सहरको पहिचान झल्काउने गरी 3 वटा संस्करण तयार पारिएको छ । सो कलेक्सनमा रहेका ३ वटै मोडल लङ ह्विलबेस रेन्ज रोभर एसभीमा आधारित छ । यसमा ४ सिटर क्याबिन रहेको छ। यसका ३ वटै संस्करणमा २३ इन्च अलोय ह्विल र २४ क्यारेट गोल्ड प्लेटेड रेन्ज रोभर ब्याजिङ पनि रहेको छ।
रेन्ज रोभर एसभी सवाई जयपुर संस्करणको एक्सटेरियर भाग जयपुरको गुलाबी भवनबाट प्रेरित छ। यसको क्याबिनमा एक्रु र डीप गार्नेटको ड्युअल टोन संयोजन छ। यसको सिटमा कढ़ाई हवा महलको झ्याल डिजाइनबाट प्रेरित छ। स्टेयरिङ ह्विलमा डीप गार्नेट र इबोनी फिनिश छ। क्याबिनमा सेतो सिरेमिक फिनिश कन्ट्रोल र विशेष रूपमा डिजाइन गरिएको कुशन पनि छ ।
रेन्ज रोभर एसभी सवाई जोधपुर संस्करण जोधपुरको ब्लु सिटीबाट प्रेरित छ। यसको बाहिरी भागमा हल्का नीलो रङको छ। क्याबिनमा पर्लिनो र रिभेरा थिम प्रयोग गरिएको छ। सिटमा कढ़ाई जोधपुरका दरबार र किल्लामा देखिने ढुङ्गा र काठको जालीको कामबाट प्रेरित छ। सवाई जैसलमेर संस्करणमा जैसलमेरको सुनौलो रङलाई प्रतिबिम्बित गर्छ।
यसका ३ वटै रेन्ज रोभर एसभी सवाई कलेक्सन संस्करणमा ४.४ लिटर ट्विन टर्बो पेट्रोल भी८ इन्जिन जडान गरिएको छ । सो इन्जिनले ५३७ बीएचपी र ७५० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिन ८ स्पिड अटोमेटिक गियरबक्ससँग जोडिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...