ग्राहकले पाउन थाले लिपमोटर बी०३एक्स एसयूभी
काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स...
काठमाडौं–भारतमा विद्युतीय सवारीसाधन (ईभी) को बजार हिस्सा तीव्र गतिमा बढ्दै जाँदा उत्पादक कम्पनीहरूलाई उत्पादन क्षमता विस्तार गर्न दबाब परेको छ ।
बढ्दो माग, आपूर्ति शृंखलामा देखिएको अवरोध र सीमित मौज्दातका कारण ग्राहकलाई समयमै गाडी उपलब्ध गराउन कम्पनीहरूलाई चुनौती थपिएको हो ।
भारतको बाहन तथ्यांकअनुसार २०२६ को सेप्टेम्बरमा कुल सवारीसाधन बजारमा ईभीको हिस्सा १०.७ प्रतिशत पुगेको छ । यस अवधिमा प्यासेन्जर भेहिकल दर्तामा विद्युतीय कारको हिस्सा ८.५ प्रतिशत रहेको छ । त्यस्तै, विद्युतीय दुईपांग्रेको हिस्सा ११.६ प्रतिशत र तीनपांग्रेको हिस्सा ६४.९ प्रतिशत पुगेको छ ।
भारतको ईभी बजारमा करिब ४० प्रतिशत हिस्सा ओगटेको टाटा मोटर्स प्यासेन्जर भेहिकल्सले सन् २०२६ को फेब्रुअरीयता बुकिङ करिब २.५ गुणाले बढेको जनाएको छ । पन्च ईभी र नेक्सन ईभीको लोकप्रियताका कारण माग बढेको कम्पनीले दोस्रो त्रैमासिकमा ईभी उत्पादन करिब ४० प्रतिशतले वृद्धि गरेको थियो ।
उक्त अवधिमा कम्पनीले ४७ हजारभन्दा बढी गाडी बिक्री गरेको छ । तर, उत्पादन बढाउँदा पनि मागअनुसार आपूर्ति गर्न सकेको छैन । कम्पनीले सन् २०२७/२८ सम्म मासिक उत्पादन क्षमता १ लाख युनिट पु-याउने लक्ष्य राखेको छ ।
त्यस्तै, मारुती सुजुकीले गुजरातको हान्सलपुरमा ईभी उत्पादनका लागि छुट्टै प्लान्ट सञ्चालनमा ल्याएको छ । उक्त प्लान्टको वार्षिक उत्पादन क्षमता २ लाख ५० हजार युनिट रहेको छ । यहाँ कम्पनीको विद्युतीय एसयूभी ई–भिटारा उत्पादन भइरहेको छ ।
विद्युतीय स्कुटर बजारमा पनि उत्पादन क्षमता विस्तारको दबाब देखिएको छ । एथर इनर्जीले आपूर्ति समस्याका कारण आफ्नो इन्ट्री लेभल कोनार्क भेरियन्टको सार्वजनिक गर्ने योजना पछाडि सारेको छ ।
केही बजारमा डिलरहरूसँग एक साताभन्दा कम समयलाई पुग्ने स्टक रहेको र ग्राहकले दुई महिनाभन्दा बढी समय कुर्नुपर्ने अवस्था आएको छ । कम्पनीले आफ्ना दुई उत्पादन केन्द्रबाट वार्षिक उत्पादन क्षमता २ लाख २५ हजार युनिटले बढाउने योजना बनाएको छ ।
हिरो मोटोकर्पले आर्थिक वर्ष २०२६÷२७ को सुरुवातमा मासिक करिब १५ हजार रहेको ईभी उत्पादन क्षमता सोही आर्थिक वर्षको अन्त्यसम्म ४५ हजार युनिट पु-याउने लक्ष्य राखेको छ । कम्पनीका डिलरमा बिक्रीका लागि उपलब्ध स्टक घटेर करिब तीन दिनलाई पुग्ने अवस्थामा पुगेको छ ।
त्यस्तै, बजाज अटोले आफ्नो चेतक विद्युतीय स्कुटरको मासिक उत्पादन क्षमता आर्थिक वर्ष २०२६/२७ को अन्त्यसम्म ८० हजार युनिट पु-याउने योजना बनाएको छ । टीभीएस मोटरले पनि सन् २०२७ को मध्यसम्म विद्युतीय दुईपांग्रे र तीनपांग्रे सवारीसाधनको उत्पादन क्षमता १५ लाख युनिटले वृद्धि गर्न लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
ईभीको बढ्दो बजार हिस्सा र निरन्तर मागलाई सम्बोधन गर्न उत्पादक कम्पनीहरू उत्पादन क्षमता विस्तारसँगै ब्याट्री तथा अन्य आवश्यक कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्ने रणनीतिमा जुटेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...