हुन्डाईको बिक्रीमा नयाँ रेकर्ड, अक्टोबरमा ८२ हजारभन्दा बढी गाडी बिक्री

काठमाडौं–हुन्डाईले भारतीय बजारमा गत अक्टोबर महिनामा अहिलेसम्मकै उच्च बिक्री रेकर्ड कायम गरेको छ । कम्पनीले अक्टोबरमा घरेलु बजार र निर्यातसहित कुल ८२ हजार २९९ युनिट गाडी बिक्री गरेको हो ।

यो संख्या गत वर्षको अक्टोबरको तुलनामा १७.७५ प्रतिशत बढी हो । सन् २०२५ को अक्टोबरमा कम्पनीले ६९ हजार ८९४ युनिट गाडी बिक्री गरेको थियो ।

अक्टोबरमा हुन्डाईको घरेलु बिक्री ६२ हजार ७९९ युनिट पुगेको छ । यो गत वर्षको सोही महिनाको तुलनामा १६.७४ प्रतिशत बढी हो । कम्पनीले घरेलु बजारमा पनि अहिलेसम्मकै उच्च मासिक बिक्री रेकर्ड बनाएको छ ।

त्यस्तै, कम्पनीले अक्टोबरमा १९ हजार ५०० युनिट गाडी निर्यात गरेको छ । गत वर्षको सोही महिनामा १६ हजार १०२ युनिट निर्यात गरेको कम्पनीले यसपटक २१.१० प्रतिशतको वृद्धि हासिल गरेको हो ।

कम्पनीको बिक्री वृद्धिमा हुन्डाई भेन्यूको महत्वपूर्ण योगदान रहेको छ । अक्टोबरमा भेन्यू १३ हजार १७ युनिट बिक्री भएको छ । यो मोडलको अहिलेसम्मकै उच्च मासिक बिक्री हो ।

यसैबीच, कम्पनीले हालै भारतीय बजारमा सार्वजनिक गरेको नयाँ एसयूभी ‘बायोन’बाट आगामी दिनमा बिक्री थप बढ्ने अपेक्षा गरेको छ । अक्टोबर २६ मा सार्वजनिक भएको बायोनको सुरुवाती मूल्य ९ लाख ९९ हजार ९०० भारतीय रुपैयाँ निर्धारण गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...