अल्टो कारभन्दा ठूलो बुट स्पेस भएको इलेक्ट्रिक स्कुटर आउँदै, १५० किलोमिटर रेन्ज दिने

भारतीय इलेक्ट्रिक स्टार्टअप कम्पनी कार्गोसले नयाँ इलेक्ट्रिक कार्गो स्कुटर एफ९ विकास गरिरहेको छ। हालै सो स्कुटर भारतमा परीक्षणका क्रममा देखिएको छ ।कम्पनीले यसमा फ्रन्ट सिटमा २२५ लिटर क्षमताको ठूलो बुट स्पेस दिइएको छ । सो स्टोरेज क्षमता मारुती सुजुकी अल्टो कारको बुट स्पेसभन्दा पनि ठूलो रहेको दाबी गरिएको छ।

कार्गोस एफ९ मा परम्परागत स्कुटरको तुलनामा फरक लेआउट अपनाइएको छ। यसमा चालकको सिटको अगाडि पूर्ण रूपमा बन्द गरिएको ठूलो स्टोरेज बक्स र बक्स भित्र लाइटिङ लेआउट दिइएको छ । २२५ लिटर क्षमताको सो स्टोरेज बक्सले १२० किलोग्रामसम्मको भार बोक्न सक्नेछ। यसलाई दुईवटा छुट्टाछुट्टै ढोकासहित दुई भागमा विभाजन गरिएको छ, जसले सामान राख्न र निकाल्न सहज बनाउँनेछ।

सो स्टोरेजमा सामान डेलिभरीका लागि मात्र नभई आवश्यकताअनुसार यसलाई मोबाइल रेफ्रिजरेटर, मोबाइल स्टोर र अन्य व्यावसायिक प्रयोजनका लागि समेत परिमार्जन गर्न सकिनेछ। विशेषगरी खाद्यान्न, किराना सामान र अनलाइन अर्डर डेलिभरी गर्ने व्यवसायका लागि यो उपयोगी विकल्प बन्न सक्ने देखिन्छ।

कार्गोस एफ९ मा ६.१ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध गराइएको छ। सो ब्याट्रीले पछाडिको पाङ्ग्रामा जडान गरिएको ३.४ किलोवाट क्षमताको बीएलडीसी हब मोटरलाई पावर प्रदान गर्छ।कम्पनीका अनुसार सो स्कुटर फुल चार्जमा १५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरेको छ । त्यस्तै, यसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा रहेको छ।

स्कुटरको बडी फ्रेम निकै लामो छ । यरमा राइडरको सिट र ह्यान्डलबारलाई पछाडितर्फ राखिएको छ । साथै फ्रन्ट भाग कारको लामो हुडजस्तो देखिने गरी डिजाइन गरिएको छ ।

यसमा गोलाकार एलईडी हेडलाइट, एलईडी टर्न इन्डिकेटर, टेलिस्कोपिक फ्रन्ट फोर्क, फ्रन्ट डिस्क ब्रेक र रियर ग्र्याब रेलजस्ता फिचर उपलब्ध गराएको छ । साथै, ठूला पाङ्ग्राहरू प्रयोग गरिएको छ। सामान डेलिभरी गर्ने चालकलाई ध्यानमा राख्दै यसको सिट र राइडिङ पोजिसनलाई आरामदायी र एर्गोनोमिक बनाइएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...