१० लाख भारुभन्दा कम मूल्यमै आयो हुन्डाई बायोन, एआईदेखि प्यानोरामिक सनरुफसम्मका फिचर
काठमाडौं–हुन्डाई मोटर इन्डियाले नयाँ कम्प्याक्ट एसयूभी बायोन सार्वजनिक...
काठमाडौं–भारतमा हुन्डाई मोटर इन्डियाले आर्थिक वर्ष २०२७ मा घरेलु बजारमा ८ देखि १० प्रतिशतसम्म बिक्री वृद्धि गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले स्थानीय उत्पादन बढाउँदै अटोमोबाइल बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने योजना बनाएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत तरुण गर्गका अनुसार हुन्डाईले हाल टियर–१ आपूर्तिकर्ताबाट प्राप्त हुने पार्टपुर्जामा ८३ प्रतिशत स्थानीयकरण हासिल गरेको छ ।
यसलाई बढाएर ९२ प्रतिशत पु¥याउने लक्ष्य कम्पनीले लिएको छ । स्थानीयकरण बढाउँदा आयातमा निर्भरता घटाउन, उत्पादन लागत व्यवस्थापन गर्न र भारतको उत्पादन क्षमतालाई बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बिक्री बढाउन कम्पनीले हालै सार्वजनिक गरेको हुन्डाई बायोन एसयूभी र आगामी सानो विद्युतीय एसयूभीलाई मुख्य आधार बनाएको छ । कम्पनीले आगामी आर्थिक वर्षमा क्रेटा र बायोनको संयुक्त बिक्री २ लाख ५० हजार युनिटभन्दा बढी पु¥याउने लक्ष्यसमेत राखेको छ ।
बायोनलाई ल्याटिन अमेरिका, मध्यपूर्व र एसिया–प्रशान्त क्षेत्रसहित करिब ५० देशमा निर्यात गर्ने कम्पनीको योजना छ ।
हुन्डाईले सन् २०३० सम्म आफ्नो कुल उत्पादन तथा बिक्री पोर्टफोलियोको ५० प्रतिशतलाई वातावरणमैत्री सवारीसाधनमा रूपान्तरण गर्ने लक्ष्य पनि अघि सारेको छ ।
यसका लागि सीएनजी, हाइब्रिड र विद्युतीय सवारीसाधनको विकल्प विस्तार गर्ने उसको तयारी छ । साथै, कम्पनीले भारतमा अनुसन्धान तथा विकास (आरएन्डडी) क्षमतासमेत विस्तार गर्ने योजना बनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...