१४० किमि/घण्टाको गतिमा टायर फुट्दा पनि स्थिर रह्यो नयाँ एट्टो१
काठमाडौं–बीवाईडीले आफ्नो नयाँ पुस्ताको विद्युतीय ह्याचब्याक कार...
काठमाडौँ–इनड्राइभले काठमाडौँका आफ्ना सक्रिय ड्राइभर पार्टनर्सहरूको मेहनत र योगदानको कदर गर्दै चार हप्ता लामो ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ ।
नोभेम्बर २ देखि २९ सम्म सञ्चालन हुने यस क्याम्पेनमार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने ड्राइभरहरूले विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।
यस क्याम्पेनमा काठमाडौँमा सेवा प्रदान गरिरहेका सबै सक्रिय ड्राइभर पार्टनर्सहरू सहभागी हुन सक्नेछन् । पुरस्कारको लक्की ड्रमा योग्य हुनका लागि ड्राइभरहरूले एक साताभित्र कम्तीमा ६० वटा राइड पूरा गरी प्लाटिनम स्तर हासिल गर्नुपर्नेछ ।
यो मापदण्ड पूरा गरेपछि पूरा गरिएको प्रत्येक राइड स्वतः एक लक्की ड्र इन्ट्रीका रूपमा गणना हुनेछ, जसका लागि कुनै छुट्टै दर्ता प्रक्रिया आवश्यक पर्दैन । ड्राइभरहरूले जित्ने सम्भावना बढाउन जति धेरै राइड पूरा गर्छन्, उति नै धेरै इन्ट्री प्राप्त गर्नेछन् ।
क्याम्पेनअन्तर्गत बम्पर उपहारका रूपमा एक जना भाग्यशाली विजेताले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल प्राप्त गर्नेछन् । यसबाहेक साप्ताहिक रूपमा चार जनालाई याडिया इलेक्ट्रिक स्कुटर, १६ जनालाई सामसङ ग्यालेक्सी ए१७ ५जी स्मार्टफोन, २० जनालाई एयर फ्रायर, २०० जनालाई प्रति व्यक्ति ५ हजार बराबरको गिफ्ट भौचर र ८०० जनालाई प्रति व्यक्ति १० लिटर इन्धन भौचर प्रदान गरिनेछ ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईका अनुसार दैनिक सेवाका मुख्य आधारस्तम्भका रूपमा रहेका ड्राइभर पार्टनर्सहरूको निरन्तर मेहनत र समर्पणलाई सम्मान गर्ने उद्देश्यले यो क्याम्पेन ल्याइएको हो ।
कम्पनीले यस किसिमको प्रोत्साहनमूलक कार्यक्रमले ड्राइभरहरूमा थप उत्साह थप्नुका साथै उनीहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास लिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...