बायोनपछि हुन्डाईको नयाँ इलेक्ट्रिक एसयूभी आउँदै, ४५० किलोमिटर रेन्ज दिने अपेक्षा

हुन्डाईले भारतीय बजारमा नयाँ एसयूभी बायोन लन्च गरेको छ । यसको मूल्य ९ लाख ९९ हजार भारु तोकिएको छ । कम्पनीले यसमा ८० भन्दा बढी सुरक्षा सुविधा उपलब्ध गराएको दाबी गरेको छ भने ३५ भन्दा बढी सेफ्टी फिचर दिइएको छ। बायोनमा १४९७ सीसी क्षमताको ४ सिलिन्डर एमपीआई नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ। सो इन्जिनले ११५ पीएस पावर र १४३.८ एनएम टर्क उत्पादन गर्छ। यसमा म्यानुअल र अटोमेटिक दुवै गियरबक्सको विकल्प उपलब्ध छ।

हुन्डाईले नयाँ एसयूभी लन्च गरेसँगै अब अर्को इलेक्ट्रिक एसयूभी ल्याउने तयारी थालेको छ। कम्पनीको आगामी सब ४ मिटर इलेक्ट्रिक एसयूभी हालै परीक्षणका क्रममा देखिएको छ। एचई१आई नाम दिइएको सो इलेक्ट्रिक कार सन् २०२७ को फेब्रुअरीमा आयोजना हुने इन्डिया अटो एक्सपोमा सार्वजनिक हुने अपेक्षा गरिएको छ। लन्चिङ पछि यसले टाटा पन्च ईभीलगायतका इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।

हुन्डाईको आगामी नयाँ इलेक्ट्रिक एसयूभीको लुकमा बक्सी डिजाइन दिइने अपेक्षा गरिएको छ। यसमा फ्लेट रूफलाइन,  ठूला झ्याल, रुफ रेल्स र एङ्गुलर जियोमेटिक ड्युअल टोन अलोय ह्विल देखिएको छ ।

हुन्डाईको आगामी इलेक्ट्रिक एसयूभीमा नयाँ पुस्ताको इन्फोटेनमेन्ट सिस्टम प्लेओस कनेक्ट उपलब्ध हुने बताइएको छ। कारो स्टेयरिङ ह्विल पछाडि नयाँ डिस्प्ले सिस्टम हुनेछ। सो प्रविधि प्रयोग गर्ने भारतमा हुन्डाईको पहिलो गाडी हुनेछ । साथै यसमा भेरियन्टका आधारमा ३६० डिग्री क्यामेरा, लेभल-२ एडास, सनरुफ र भेन्टिलेटेड फ्रन्ट सिटजस्ता फिचर हुनेछ ।

सो एसयूभी हुन्डाईको ई जीएमपीके प्लेटफर्ममा आधारित हुनेछ। हुन्डाईको नयाँ इलेक्ट्रिक एसयूभीमा ४० देखि ५० किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध हुन सक्नेछ। यसले फुल चार्जमा करिब ४५० किलोमिटरसम्मको रेन्ज दिने अपेक्षा गरिएको छ। यद्यपी कम्पनीले ब्याट्रीको क्षमता, चार्जिङ समय र ड्राइभिङ रेन्जबारे जानकारी सार्वजनिक गरेको छैन।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...