टायरबाटै चार्ज हुने अनौठो वायरलेस चार्जिङ सिस्टमको विकास
स्विट्जरल्यान्डको कम्पनी विन्डक्सनले इलेक्ट्रिक बस चार्ज गर्नको लागि...
काठमाडौं–चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर (जीडब्लूएम) मातहतको ब्याट्री निर्माता एसभोल्टले १०० किलोवाट आवर क्षमताको सेमी–सोलिड स्टेट ब्याट्रीको व्यावसायिक उत्पादन सुरु गरेको छ ।
कम्पनीले अक्टोबर २६ मा चीनको चाङ्झाउस्थित उत्पादन केन्द्रबाट ‘ड्रागन आर्मर’ ब्याट्रीको पहिलो ब्याच उत्पादन लाइनबाट बाहिरिएको जनाएको छ ।
कम्पनीका अनुसार नयाँ ब्याट्रीमा ९०० भोल्टको उच्च भोल्टेज प्रणाली र ६सी फास्ट चार्जिङ प्रविधि प्रयोग गरिएको छ । यसले १२ मिनेटको चार्जमा ५०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज थप्न सक्ने दाबी गरिएको छ ।
यद्यपि, यो दाबी पुष्टि गर्ने परीक्षण विधि र सर्तहरू सार्वजनिक गरिएको छैन । नयाँ ब्याट्रीमा सेलको सुरक्षासँग सम्बन्धित विशेष प्रविधि तथा माथिल्लो र तल्लो दुवैतर्फ लिक्विड कुलिङ प्रणाली प्रयोग गरिएको छ ।
यसको तल्लो भागमा ६ तहको सुरक्षा संरचना रहेको कम्पनीको दाबी छ, जसले चीनको सरकारी मापदण्डभन्दा तीन गुणासम्म बढी प्रभाव प्रतिरोध क्षमता प्रदान गर्छ ।
एसभोल्टका अनुसार ब्याट्रीले ३ हजारभन्दा बढी चार्जिङ साइकल पूरा गर्न सक्छ । यसका आधारमा सैद्धान्तिक रूपमा १० लाख किलोमिटरभन्दा बढी सवारी दूरी हासिल गर्न सकिने दाबी गरिएको छ ।
कम्पनीले नयाँ ब्याट्री कुन विद्युतीय गाडीमा पहिलोपटक प्रयोग हुनेछ भन्ने खुलाएको छैन । एसभोल्टका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत याङ होङसिनका अनुसार यस ब्याट्रीका लागि विभिन्न ग्राहकबाट छनोट प्राप्त भएको छ र सम्बन्धित गाडीको विवरण चाँडै सार्वजनिक गरिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...