२० लिटर इन्धन क्षमता र शक्तिशाली इन्जिनसहित आयो केटीएम ६९० -याली
काठमाडौं–केटीएमले आफ्नो प्रसिद्ध ६४० एड्भेन्चरको आधुनिक अवतारका रूपमा...
काठमाडौं–केटीएमले आफ्नो लोकप्रिय नेकेड स्पोट्र्स मोटरसाइकल २०० ड्युकलाई नयाँ फिचरसहित अपडेट गर्ने तयारी गरेको छ ।
नयाँ मोटरसाइकल भारतका केटीएम शोरुममा देखिएसँगै यसको औपचारिक सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको अनुमान गरिएको छ ।
नयाँ २०० ड्युकमा यसपटक महत्वपूर्ण इलेक्ट्रोनिक फिचर थप गरिएका छन् । मोटरसाइकलमा बाई–डाइरेक्सनल क्विकसिफ्टर, ट्रयाक्सन कन्ट्रोल र राइड–बाई–वायर थ्रोटल उपलब्ध हुनेछ जनाइएको छ ।
बाई–डाइरेक्सनल क्विकसिफ्टरले क्लच प्रयोग नगरी गियर माथि र तल परिवर्तन गर्न सहयोग गर्छ । ट्रयाक्सन कन्ट्रोलले चिप्लो सडकमा पछाडिको पाङ्ग्रा अनियन्त्रित रूपमा घुम्ने जोखिम कम गर्न मद्दत गर्छ ।
राइड–बाई–वायर प्रविधिका कारण मोटरसाइकलमा रेन र स्ट्रिट गरी दुई राइडिङ मोड पनि उपलब्ध हुनेछन् । यसले मौसम र सडकको अवस्थाअनुसार मोटरसाइकलको प्रतिक्रिया समायोजन गर्न सहयोग गर्नेछ । यसको दायाँपट्टिको स्विचगियर पनि नयाँ डिजाइनमा देखिएको छ ।
नयाँ २०० ड्युकमा पहिलेकै १९९.५ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन रहने बताइएको छ । यसले २५ पीएस पावर र १९.३ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६–स्पिड गियरबक्स जोडिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...