एथर अपग्रेड फेस्टिभल सुरु हुँदै, स्कुटर खरिदमा एक लाखसम्म क्यासब्याक
काठमाडौं – नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले...
काठमाडौं–चिनियाँ अटोमोबाइल निर्माता डोङफेङले हुवावेको अत्याधुनिक स्मार्ट प्रविधिसहित नयाँ एसयूभी एम–हिरो एक्स७०० सार्वजनिक गरेको छ ।
अक्टोबर २५ मा सार्वजनिक गरिएको यो एसयूभी प्लग–इन हाइब्रिड प्रविधिमा आधारित छ । यसलाई सहरी प्रयोगसँगै हल्का अफरोड यात्रालाई लक्षित गरी विकास गरिएको हो ।
चीनमा यसको मूल्य १ लाख ४७ हजार ५०० युआनदेखि १ लाख ८७ हजार ७०० युआनसम्म तोकिएको छ । अमेरिकी डलरमा यो करिब २२ हजारदेखि २८ हजार डलर बराबर हुन्छ ।
एम–हिरो एक्स७०० मा हुवावेको एडीएस५ स्मार्ट ड्राइभिङ सिस्टम र हार्मोनी स्पेस६ स्मार्ट ककपिट उपलब्ध छ । यसमा १५.६ इन्चका दुईवटा २.५ के डिस्प्ले र ७४ इन्चको हुवो एक्स हेड–अप–डिस्प्ले राखिएको छ । गाडीमा लिडारसहित २७ वटा सेन्सर छन् ।
एक्स७०० मा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र विद्युतीय मोटरको संयोजन छ । ५१.४६ र ६८.१० किलोवाट आवरको ब्याट्री विकल्पमा उपलब्ध यस प्लग–इन–हाइब्रिड एसयूभीले ३६० किलोमिटरसम्म इलेक्ट्रिक रेन्ज दिने दाबी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...