बीवाईडीको लक्जरी ब्रान्ड डेन्जा भारत आउँदै, नेपालमा यसअघि नै लन्च

काठमाडौं बीवाईडीको प्रिमियम विद्युतीय सवारी ब्रान्ड डेन्जा भारतीय बजारमा नोभेम्बर १३ मा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार डेन्जाले भारतमा सार्वजनिक हुने क्रममा आफ्नो प्रिमियम सवारी लाइनअप प्रस्तुत गर्नेछ । त्यहाँ यसको पहिलो मोडलका रूपमा डेन्जा डी९ लक्जरी एमपीभी आउने अपेक्षा गरिएको छ ।

डेन्जा डी९ फराकिलो क्याबिन, विलासी सुविधा र विद्युतीय प्रविधिका कारण प्रिमियम एमपीभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने मोडल हो ।

बीवाईडीले डेन्जामार्फत प्रिमियम विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ ।

नेपालमा भारतभन्दा अगाडि नै प्रवेश गरिसकेको यो ब्रान्डको भारतीय बजार प्रवेशलाई कम्पनीको क्षेत्रीय विस्तारको अर्को कदमका रूपमा हेरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...