विपुल क्षेत्रीको कन्सर्टमा जगदम्बा मोटर्सद्वारा बुटवलमा टीभीएस एन्टर्क १५० सार्वजनिक

बुटवल - नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बुटवलमा नयाँ टीभीएस एन्टर्क १५० सार्वजनिक गरेको छ। चर्चित गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसर पारेर आयोजना गरिएको उक्त सार्वजनिक कार्यक्रममा लाइभ संगीतको उत्साहसँगै नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरको दमदार प्रदर्शन र आकर्षक डिजाइन प्रस्तुत गरिएको थियो।

जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपाने, बिजनेस डेभलपमेन्ट हेड धनीराम भुसाल, बालाजी अटोमोबाइल्स – टीभीएस बुटवलका निर्देशक विशाल जैसवाल तथा बालाजु अटोमोबाइल्स – टीभीएस बुटवलका निर्देशक अभिनव थापाले संयुक्त रूपमा गर्नुभएको थियो। विपुल क्षेत्रीको कन्सर्टको उत्साहपूर्ण माहोलबीच सम्पन्न यस अनावरणले पश्चिम नेपालमा टीभीएस एन्टर्क ब्रान्डको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

टीभीएस एन्टर्क १५० मा १४९.७ सीसी क्षमताको एयर–कुल्ड ओथ्रीसी टेक इन्जिन जडान गरिएको छ, जसले ७,००० आरपीएममा १३.२ पीएस पावर र ५,५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ। यस स्कुटरले मात्र ६.३ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ भने यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ। उत्कृष्ट पर्फर्मेन्स र गतिशील राइडिङ अनुभव चाहने राइडरहरूलाई लक्षित गरी यसलाई डिजाइन गरिएको हो।

स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यसको आकर्षक डिजाइनमा मल्टी पोइन्ट प्रोजेक्टर हेडल्याम्प, एरोडायनामिक विङ्लेट्स, जेट–प्रेरित भेन्ट्स, रंगीन अलोय ह्विल, नेकेड मोटरसाइकल शैलीको ह्यान्डलबार तथा विशेष टी आकारको टेलल्याम्प समावेश गरिएको छ। यसको स्पोर्टी लुक, बोल्ड डिजाइन र विशिष्ट मफलर साउन्डले एन्टर्क ब्रान्डको रेसिङ डीएनएलाई झल्काउँछ।

कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपानेले भने, “टीभीएस एन्टर्कले आफ्नो उत्कृष्ट पर्फर्मेन्स, नवीन प्रविधि र आकर्षक डिजाइनमार्फत नेपालका युवा राइडरहरूमाझ छुट्टै पहिचान बनाउन सफल भएको छ। एन्टर्क १५० को आगमनसँगै हामी यस अनुभवलाई अझ शक्तिशाली र प्रविधिमैत्री बनाउँदै अघि बढिरहेका छौँ। बुटवलमा विपुल क्षेत्रीको कन्सर्टको अवसरमा यस स्कुटरलाई सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ। संगीत, युवा पुस्ताको जोश र हाइपर पर्फमेन्सको संयोजनले यस अवसरलाई अझ विशेष बनाएको छ।”

उनले थपे, “बुटवल टीभीएसका लागि एक महत्वपूर्ण बजार हो, जहाँ युवा तथा उत्साही राइडरहरूको संख्या निरन्तर बढिरहेको छ। एन्टर्क १५० को सार्वजनिकसँगै पश्चिम नेपालमा हाम्रो उपस्थितिलाई थप विस्तार गर्दै ग्राहकहरूको पर्फर्मेन्स, स्टाइल र आधुनिक प्रविधिप्रतिको अपेक्षा पूरा गर्ने हाम्रो लक्ष्य रहेको छ। बुटवल तथा आसपासका क्षेत्रका राइडरहरूमाझ यो नयाँ स्कुटरले विशेष स्थान बनाउने विश्वास लिएका छौँ।”

टीभीएस एन्टर्क १५० मा स्मार्ट एक्सओ कनेक्ट प्रविधिसहित ५० भन्दा बढी कनेक्टेड फिचरहरू उपलब्ध छन्। यसमा टर्न–बाइ–टर्न नेभिगेसन, अन्तिम पटक पार्क गरिएको स्थानको जानकारी, कल तथा म्यासेज नोटिफिकेसन र राइड मोडजस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्। यी फिचरहरूले नयाँ पुस्ताका राइडरहरूलाई स्मार्ट, सहज तथा कनेक्टेड राइडिङ अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...