जेनेरेटिभ एआई र २ ठूला स्क्रिनसहित हुन्डाई बायोन एसयूभी भारतमा लन्च हुँदै

हुन्डाई मोटर इन्डियाले भारतीय बजारमा नयाँ एसयूभी हुन्डाई बायोन ल्याउने तयारी गरेको छ। सो एसयूभीमा एआई, सफ्टवेयर डिफाइन्ड आर्किटेक्चर र आधुनिक टेक्नोलोजी समावेश गरिएको छ । आधुनिक प्रविधिमा रुचि राख्ने ग्राहकलाई लक्षित गरिएको सो एसयूभी २०२६ अक्टोबर २६ मा लन्च गर्ने तयारी गरिरहेको छ ।

हुन्डाईको नयाँ बायोनमा पर्प्लेक्सिटी र साउन्डहाउन्ड एआई जस्ता जेनेरेटिभ एआई भ्वाइस असिस्टेन्ट उपलब्ध हुनेछ । यसले परम्परागत भ्वाइस कमान्डभन्दा फरक ढंगले चालकका प्रश्न बुझ्ने र आवश्यक जानकारी उपलब्ध गराउने सुविधा दिनेछ। कम्पनीका अनुसार सो सिस्टममार्फत यात्राको योजना बनाउन, मौसमसम्बन्धी जानकारी लिन, होटल र रेस्टुरेन्ट खोज्न र नजिकैका किनमेल गन्तव्यबारे सुझाव प्राप्त गर्न सकिनेछ।

सो एसयूभीमा ५०० भन्दा बढी इनबिल्ट भ्वाइस कमान्ड उपलब्ध हुनेछ। तीमध्ये केही कमान्ड इन्टरनेट कनेक्सनबिनै प्रयोग गर्न सकिनेछ । यसमा इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरमा १० वटा भारतीय क्षेत्रीय भाषासहित दुईवटा अन्तर्राष्ट्रिय भाषाको समर्थन उपलब्ध गराएको छ ।

हुन्डाई बायोनमा १२.३ इन्चको एचडी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १२.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध हुनेछ। एनभिडिया प्रविधिमा आधारित सीसीएनसी सिस्टमले गाडीको कनेक्टिभिटी, नेभिगेसन र डिजिटल इन्टरफेसलाई थप आधुनिक बनाउनेछ। यसमा १९ वटा कन्ट्रोलरका लागि ओभर-द-एयर अपडेटको सुविधा पनि दिइएको छ । साथै यसमा ७० भन्दा बढी ब्लूलिङ्क कनेक्टेड फिचर पनि उपलब्ध हुनेछ ।

हुन्डाई बायोनमा १.५ लिटर क्षमताको ४ सिलिन्डर एमपीआई पेट्रोल इन्जिन उपलब्ध हुनेछ। सो इन्जिनले अधिकतम ११५ पीएस पावर र १४४ एनएम टर्क उत्पादन गर्नेछ। यसमा ६ स्पिड म्यानुअल र इन्टेलिजेन्ट भेरिएबल ट्रान्समिसन गियरबक्समध्ये एउटा विकल्प रोज्न सक्नेछ ।

हुन्डाई बायोनको प्रि-बुकिङ भारतभरका आधिकारिक हुन्डाई डिलरशिप तथा कम्पनीको वेबसाइटमार्फत ११ हजार भारुको टोकन रकममा सुरु गरिसकेको छ। यसले मारुती सुजुकी, टाटा मोटर्स र किया एसयूभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...