दशैं–तिहारमा कारमा १२ लाख र बाइकमा १ लाखसम्मको बम्पर छुट, कुन कम्पनीको कस्तो अफर ?
काठमाडौं – यसपालीको दशैँमा नयाँ सवारी साधन किन्ने सोचमा हुनुहुन्छ । यदि...
होन्डा एलिभेट फेसलिफ्ट र हुन्डाई क्रेटाबीच प्रतिस्पर्धा थप रोचक बनेको छ। होन्डा एलिभेटको फेसलिफ्ट हालै मात्र भारतमा लन्च भएको हो । नेपालमा केही समय पछि मात्र उपलब्ध हुनेछ । आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी क्याबिन र सेफ्टी फिचरका कारण यी दुवै एसयूभी ग्राहकको रोजाइमा पर्दै आएका छन्। तर, इन्जिन विकल्प, ट्रान्समिसन, सेफ्टी फिचर र मूल्यका आधारमा यी दुई गाडीमा केही भिन्नताहरु छन्।
आकारका हिसाबले होन्डा एलिभेटको लम्बाइ ४३१२ एमएम, चौडाइ १७९० एमएम र उचाइ १६५० एमएम छ। यसको ह्विलबेस २६५० एमएम रहेको छ। हुन्डाई क्रेटाको लम्बाइ ४३३० एमएम, चौडाइ १७९० एमएम, उचाइ १६३५ एमएम र ह्विलबेस २६१० एमएम छ। यसमा क्रेटा १८ एमएम लामो छ भने एलिभेट १५ एमएम अग्लो छ। पाङ्ग्राको आकारमा भने क्रेटामा १८ इन्च र एलिभेटमा १७ इन्चका अलोय ह्विल उपलब्ध छ।
होन्डा एलिभेटमा १.५ लिटरको नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ११९ एचपी पावर र १४५ एनएम टर्क उत्पादन गर्छ। हुन्डाई क्रेटामा भने १.५ लिटरको नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन उपलब्ध छ, जसले ११३ एचपी पावर र १४४ एनएम टर्क उत्पादन गर्छ। हुन्डाई क्रेटा पेट्रोल इन्जिन बाहेक १.५ लिटर डिजेल इन्जिन र १.५ लिटर टर्बो पेट्रोल इन्जिन पनि उपलब्ध छ । डिजेल इन्जिनले ११४ एचपी पावर र २५० एनएम टर्क उत्पादन गर्छ भने टर्बो पेट्रोल इन्जिनले १५७.८ एचपी पावर र २५३ एनएम टर्क प्रदान गर्छ।
होन्डा एलिभेटमा ६ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक गियरबक्स उपलब्ध छ । हुन्डाई क्रेटामा भने ६ स्पिड म्यानुअल, सीभीटी, ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक र ७ स्पिड ड्युअल क्लच ट्रान्समिसनलगायतका विकल्प उपलब्ध छ।
होन्डा एलिभेट फेसलिफ्टमा फ्रन्ट र रियर सिटमा भेन्टिलेसन र वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता फिचर प्रदान गरिएको छ । साथै यसमा सिंगल पेन सनरुफ पनि उपलब्ध छ । हुन्डाई क्रेटामा प्यानोरामिक सनरुफ, ८ वे पावर एडजस्टेबल प्यासेन्जर सिट, रिक्लाइनिङ सुविधा, पछाडिका सनशेड र फुल डिजिटल ड्राइभर डिस्प्ले जस्ता फिचर उपलब्ध छ । यसमा टायर प्रेसर मोनिटरिङ सिस्टम पनि दिइएको छ। एलिभेटमा भने ४ वे पावर एडजस्टेबल प्यासेन्जर सिट र फ्रन्ट फग ल्याम्प उपलब्ध छ । इलेक्ट्रोनिक पार्किङ ब्रेक र चारवटै पाङ्ग्रामा डिस्क ब्रेकजस्ता फिचर दिइएको छ ।
सेफ्टीका लागि दुवै एसयूभीमा एडास उपलब्ध छ । एलिभेटको एडास सिस्टम क्यामेरामा आधारित रहेको छ भने क्रेटामा क्यामेरा र राडार दुवै प्रयोग गरिन्छ।
होन्डा एलिभेट फेसलिफ्टमा फ्रन्ट र रियरका सिटमा भेन्टिलेसन फिचर उपलब्ध छ भने हुन्डाई क्रेटाले प्यानोरामिक सनरुफ, डिजेल इन्जिन र टर्बो पेट्रोल इन्जिनको विकल्प प्रदान गर्छ। हुन्डाई क्रेटाको १० लाख ९१ हजार भारुबाट सुरु हुन्छ भने होन्डा एलिभेट फेसलिफ्टको मूल्य ११ लाख ८० हजारदेखि १८ लाख ४० हजार भारुसम्म छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...