रसुवामा बेलिब्रिज निर्माण सम्पन्न, आजदेखि यातायात सञ्चालन

काठमाडौं–बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ । बेत्रावतीस्थित फलाखु खोलामा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण सम्पन्न भएसँगै आइतबारदेखि उक्त खण्डमा सवारीसाधनको आवागमन सुरु भएको हो ।

गत भदौ १० गते आएको बाढीले फलाखु खोलास्थित पुल बगाएपछि उक्त क्षेत्रमा सडक सम्पर्क विच्छेद भएको थियो । पुल क्षतिग्रस्त भएपछि स्थानीय बासिन्दा, यात्रु तथा मालसामान ढुवानी गर्ने सवारीसाधनले लामो समयदेखि समस्या भोग्दै आएका थिए ।

अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन सडक विभाग र स्थानीय प्रशासनले पुल निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएका थिए। प्राविधिकहरूको निरन्तर प्रयासपछि नयाँ मोडुलर एक्रो ब्रिज जडान गरिएको हो ।

आइतबार बिहान ११ बजे पुलको उद्घाटन गरी सवारीसाधनलाई आवतजावतको अनुमति दिइएको जनाइएको छ । पुल सञ्चालनमा आएसँगै रसुवाको उक्त क्षेत्र हुँदै हुने यातायात तथा दैनिक उपभोग्य वस्तुको ढुवानी सहज हुने अपेक्षा गरिएको छ ।

सडक सम्पर्क पुनः स्थापित भएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन्। यससँगै अवरुद्ध यातायात सेवा सामान्य बन्ने र स्थानीय जनजीवन सहज हुने विश्वास गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...