बुढीगण्डकीको बाढीले बगायो जलविद्युत् परियोजनाको क्याम्प र सोतीको मोटरेबल पुल

गोरखा - बुढीगण्डकीमा आएको बाढीले चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प बगाएको छ । बाढीले केही उपकरणसमेत बगाएको छ ।

३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको हो । आयोजना निर्माण गर्न कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले आयोजना निर्माण गर्नेछ । उक्त जलविद्युत् आयोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले कन्सोर्टियम (संयुक्त) मोडलमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

परियोजनाको बाँध क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नं ३ र विद्युत् गृह धार्चे गाउँपालिकाको वडा नम्बर ३ मा हुनेछ । बाँध क्षेत्र र विद्युत्‌गृह बीचमा १० किमी सडक रहेको कम्पनीले जनाएको छ । आयोजनाको पावर हाउस भूमिगत बनाइने योजना छ ।

त्यसैगरी बूढीगण्डकीमा आएको बाढीले सोतीमा रहेको मोटरेबल पुल बगाएको छ । आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले उक्त पुल बाढीले बगाएको जानकारी दिए ।

“सोती भन्ने ठाउँमा रहेको मोटरेबल पुल बगाइसकेको अवस्था छ । सोती बजार क्षेत्र डुबानमा छ घरै बगाएको छैन,” उनले भने, “माथि जगत बगरतिर घरै बगाइसकेको छ ।”

बिहानैदेखि सुरक्षा सतर्कता अपनाएर हाइ अलर्ट गराइएको उनले बताए । उनले बाढी आरुघाट कटेको जानकारी दिए । मानिसहरू आरुघाटमाथि आरुटारमा गएका उनले जानकारी दिए । उनका अनुसार निम्लुङ खोलामा ठूलो पहिरो आएर नदी थुनिने र खोलिने क्रम जारी रहेको जानकारी पाएको उनले बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...