भृकुटीमण्डपमा बजाजको एक्सचेन्ज कार्निभल, पुरानो बाइकसंग नयाँ अपग्रेड गर्ने मौका
काठमाडौं–बजाजले ग्राहकलाई पुरानो बाइकबाट नयाँ मोटरसाइकलमा अपग्रेड हुने...
बजाजले आफ्नो लोकप्रिय १२५ सीसी मोटरसाइकल पल्सर एनएस१२५ को अपडेटेड संस्करण डिलरसिपमा आउने भएकाे छ । डिलरसिपमा देखिएपछि सो मोटरसाइकलको डिजाइन, इन्स्ट्रयुमेन्ट कन्सोल र स्विचगियरसम्बन्धी थप विवरण बाहिरिएको छ ।
सार्वजनिक तस्बिरमा मोटरसाइकललाई चम्किलो कालो बडी कलरमा देखाइएको छ। यसमा फ्लोरोसेन्ट यल्लो ग्राफिक्स र कन्ट्रास्टिङ ग्रे प्यानल प्रयोग गरिएको छ। यसको इन्धन ट्याङ्कीको एक्सटेन्सनमा १२५ लेखिएको ग्राफिक्स राखिएको छ भने बेली काउल, रियरको प्यानल र ह्विल रिममा पनि मिल्दोजुल्दो हाइलाइट दिइएको छ।
नयाँ पल्सर एनएस१२५ मा मस्कुलर फ्युल ट्याङ्की, एङ्गुलर ट्याङ्की श्राउड, स्प्लिट सिट र छुट्टाछुट्टै पिलियन ग्र्याब रेल उपलब्ध हुनेछ । साथै हेडल्याम्पको डिजाइन, अन्डरबेली एक्जस्ट र ट्विन-सेक्सन टेलल्याम्पको बनावट पनि पहिलेको मोडलकै जस्तो हुनेछ । यसको डिजाइनमा खासै परिवर्तन नगरे पनि नयाँ संस्करणमा केही महत्त्वपूर्ण फिचर थप गरिएको छ।
रिपोर्टका अनुसार नयाँ पल्सर एनएस१२५ को इन्स्ट्रयुमेन्ट कन्सोलमा एलसीडी डिस्प्ले समावेश गरिएको छ, जसको बीचमा स्पिडको डिटेल्स, गियर पोजिशन इन्डिकेटर र टेकोमिटर दिइएको छ । साथै यसमा टाइम, ट्रिप मिटर, फ्युल गेज र फ्युल इकोनोमीको जानकारी पनि देखाउँछ ।
पुरानो मोडलमा रेन, रोड र अफ रोड गरी ३ मोड थियो तर नयाँ मोडलमा अब स्पोर्ट मोड पनि थपिएको छ । सार्वजनिक भएको तस्विर अनुसार नयाँ पल्सर एनएस१२५ को राइड ह्यान्डको स्विचगियरमा रेड कलरको इमरर्जेन्सी बटन पनि दिइएको छ, जसले इन्जिन रन/स्टप कन्ट्रोलको माथि राखिएको छ । इन्स्ट्रयुमेन्ट डिस्प्लेको लेफ्ट साइटमा यूएसबी टाइप सी चार्जिङ पोर्ट पनि दिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...