आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौँ – आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि...
दसैँ नेपालीको जीवनमा केवल चाड मात्र होइन, भावनाको गहिरो सम्बन्ध र अनुभव समेत हो । यसले घर आँगनमा भेटघाट, पारिवारिक एकता र रमाइलोको वातावरण ल्याउँछ । सामान्य दिनको तुलनामा चाडबाडको पूर्वसन्ध्यामा उपत्यकाका चार भन्ज्याङबाट बाहिरिने यात्रुको चापले थामि नसक्नुको हुन्छ । यस भीडलाई हेर्दा एउटा कुरो स्पष्ट हुन्छ - हाम्रो सार्वजनिक यातायात प्रणाली अझै पर्याप्त, सुरक्षित र भरपर्दो बन्न सकेको छैन । यात्रुहरू भीडभाड, धकेलाधकेल र असुरक्षाबीच आफ्नो गन्तव्यतिर लाग्छन् । परिणामस्वरूप, सडकमा सवारी साधनको संख्या असामान्य रूपले बढ्दा दुर्घटनाको जोखिम पनि गुणात्मक रूपमा बढ्छ ।
गत वर्षको दसैँ अवधिमा देशभर १,१०० वटा सवारी दुर्घटना भए । दुर्घटनामा करिब १,६१८ भन्दा बढी सवारी साधन संलग्न रहे । ती दुर्घटनाले १०२ जनाको ज्यान लियो, सयौँलाई अपांगता वा पीडा दियो र हजारौँ घाइतेहरूलाई घरपरिवारसँगै रुवायो । त्यसैले, प्रश्न उठ्छ, के हामीले चाडपर्वलाई खुशीको पर्व मात्रै बनाउन सक्छौँ ? कि सडकमा रगत पोख्ने, पीडा बोकेर फर्किने पर्वलाई निरन्तरता दिन चाहन्छौँ ? यात्रुको सुरक्षालाई प्राथमिकता दिने निर्णय, जिम्मेवार यातायात प्रणाली र अनुशासित चालक बिना यो समस्या समाधान हुँदैन । दुर्घटनाको कारणलाई नजिकबाट हेर्दा एउटा कटु यथार्थ भेटिन्छ, सडकमा देखिने अधिकांश दुर्घटना हाम्रो आफ्नै लापरबाही र बेवास्ताको परिणाम हो ।
गति नियन्त्रणमा भन्दा क्षणिक उत्साह र हतारलाई बढी प्राथमिकता, जथाभाबी बाटो काट्दा, चढ्ने–ओर्लिने क्रममा ध्यान नदिँदा पनि दर्जनौँ दुर्घटना भएका छन् । त्यस्तै, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरेर सवारी चलाउने संस्कृतिले अझै पनि जीवनसँग खेलिरहेको छ । चालकहरूको वीचको अ-स्वस्थ प्रतिस्पर्धा, जथाभाबि उछिन्न खोज्ने प्रवृत्तिले पनि अनगिन्ती दुर्घटना निम्त्याएको छ ।
🚫 के गर्नु हुँदैन ?
✅ के गर्नु पर्छ ?
चाडपर्व मनाउनु हाम्रो संस्कार हो, तर सुरक्षा होसियारीसँग जोडिएको संस्कार पनि हो । यस वर्षको दसैँ रमाइलो बनाउने हो भने, सुरक्षित यात्रा गर्ने बानी बसालौं । आफ्नो जीवन, आफ्ना प्रियजनको जीवन-तपाईंको सजगतामा भर पर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...