नयाँ रेनो डस्टर हाइब्रिडको बुकिङ खुला, प्रतिलिटर २९ किमी माइलेज दिने
काठमाडौं–रेनोले भारतमा आफ्नो नयाँ डस्टर स्ट्रङ हाइब्रिडको आधिकारिक...
रेनोले आफ्नो नयाँ ई-स्पेस इलेक्ट्रिक कन्सेप्टको पहिलो झलक सार्वजनिक गरेको छ। कम्पनीले सन् २०२६ को पेरिस मोटर शोमा अक्टोबर १२ मा सो कन्सेप्ट मोडेल आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। सो मोडल सन् १९८४ मा लन्च गरिएको चर्चित ईस्पेस एमपीभीको फ्युचर रेडी र अल इलेक्ट्रिक भर्सन हो ।
यसमा रहेको नाममा ईले कम्पनीको ई टेक इलेक्ट्रिक प्रविधिलाई जनाउँछ भने स्पेसले क्याबिनमा भएको स्पेसलाई संकेत गर्छ। यसको लम्बाइ करिब ४.७० मिटर छ । यसको डिजाइन वन बक्स सिलुएटमा आधारित छ, जसमा सानो र शार्प बोनट समावेश गरिएको छ । कारको फ्रन्ट र रियरमा यू आकारका एलईडी लाइट प्रयोग गरिएको छ। साथै, ग्रिलमा उज्यालो देखिने रेनो लोगो र बम्परमा एलईडी एलिमेन्ट दिइएको छ । यसको एक्सटेरियर पेन्ट ब्रेक रुड रङमा देखाइएको छ।
यद्यपि कम्पनीले ई-स्पेसको इन्टेरियर डिजाइन भने सार्वजनिक गरेको छैन । यसको इन्टेरियरमा स्पेशियस, हाई टेक र आरामदायक क्याबिन हुने अनुमान गरिएको छ । साथै कम्पनीले ई-स्पेसको ब्याट्री क्षमता, इलेक्ट्रिक मोटर, पावर आउटपुट, ड्राइभिङ रेन्ज र चार्जिङ क्षमताबारे पनि कुनै जानकारी दिएको छैन। यसको पुरा विवरणका लागि यसको लन्चिङ मितिसम्म कुर्नुपर्ने हुन्छ ।
सन् २०२६ को पेरिस मोटर शोमा रेनोले ई-स्पेससँगै अन्य कन्सेप्ट मोडल, नयाँ सवारीसाधन र प्रविधिसमेत सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले ८ गोर्डिनी कन्सेप्ट र ४ जेपी४x४ कन्सेप्टजस्ता मोडल प्रस्तुत गर्ने योजना बनाएको छ।साथै नयाँ मेगन ई-टेक, ५ टर्बो ३ईको कस्टमाइज्ड भर्सन र ट्राफिक ई-टेक इलेक्ट्रिक पनि सार्वजनिक गर्नेछ । कम्पनीले आफ्नो प्रमुख एसयूभी राफेलको हिप्नोटिक लिमिटेड संस्करण र नयाँ लिथियम आइरन फस्फेट ब्याट्री प्रविधिसमेत प्रदर्शन गर्ने बताइएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...