आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौँ – आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि...
काठमाडौं–चिनियाँ अटोमोबाइल निर्माता चिरीले आफ्नो लोकप्रिय ब्रान्ड जेटोरलाई प्रिमियम अर्थात् उच्चस्तरीय अफरोड सवारीसाधन ब्रान्डका रूपमा विकास गर्ने रणनीति अघि सारेको छ ।
कम्पनीले नयाँ ‘ग्लोबलाइजेसन ३.०’ रणनीतिअन्तर्गत जेटोरलाई मास मार्केट ब्रान्डबाट उच्चस्तरीय अफरोड सेग्मेन्टमा लैजाने योजना बनाएको हो ।
चेरीले जेटोरलाई यसअघि मुख्यतः यात्रा तथा एडभेन्चर केन्द्रित मास मार्केट ब्रान्डका रूपमा विकास गर्दै आएको थियो । चीनसँगै अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार भइरहेको जेटोरले अगस्ट २०२६ सम्म चीनमा १७ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको जनाइएको छ । विशेषगरी मध्यपूर्वी बजारमा जेटोरले राम्रो उपस्थिति बनाएको छ ।
अब भने कम्पनीले जेटोरको पहिचान र बजार स्थिति परिवर्तन गर्दै प्रिमियम अफरोड गाडीमा केन्द्रित गर्ने भएको हो । यससँगै चेरी समूहअन्तर्गत उच्चस्तरीय बजारलाई लक्षित गर्ने दुई छुट्टाछुट्टै ब्रान्ड हुनेछन् ।
चेरीको एक्सिडले परम्परागत लक्जरी तथा प्रिमियम सेग्मेन्टलाई लक्षित गर्नेछ भने जेटोरले विशेषगरी प्रिमियम अफरोड एसयूभी तथा एडभेन्चर गाडीमा ध्यान दिनेछ ।
जेटोरले यो दिशामा अघि बढिसकेको संकेत उसको जी७०० प्लग–इन हाइब्रिड फुल साइज एसयूभीले देखाइसकेको छ । बडी–अन–फ्रेम प्लेटफर्ममा आधारित जी७०० को लम्बाइ ५,१९८ मिलिमिटर छ ।
यसमा ६६५ किलोवाट अर्थात् ८९२ हर्सपावरसम्मको संयुक्त पावर उत्पादन गर्ने प्लग–इन हाइब्रिड प्रणाली प्रयोग गरिएको छ । ५९.४५ किलोवाटआवर ब्याट्रीसहित यसले डब्लूएलटीपी परीक्षणअनुसार २११ किलोमिटरसम्मको इलेक्ट्रिक रेन्ज दिने दाबी गरिएको छ ।
जी७०० मा हुवावेको एडीएस ५.० इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमसमेत उपलब्ध छ । चीनमा यसको सुरुवाती मूल्य ४८ हजार ५०० अमेरिकी डलरबाट सुरु हुन्छ ।
चेरीको यो रणनीतिक परिवर्तनले चिनियाँ अटोमोबाइल कम्पनीहरू विश्व बजारमा विस्तार हुँदै गर्दा आफ्ना विभिन्न ब्रान्डलाई फरक–फरक मूल्य र बजार खण्डमा स्थापित गर्ने प्रयासलाई समेत देखाउँछ ।
नेपालमा भने लक्ष्मी मोटरहब जेटोरको आधिकारिक वितरकका रूपमा रहेको छ । जेटोरले प्रिमियम अफरोड सेग्मेन्टमा आफ्नो पहिचान विस्तार गर्दै जाँदा यसको प्रभाव नेपाली बजारमा आउने आगामी मोडल र उत्पादन रणनीतिमा समेत पर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...