ट्रायम्फले भारतमा ल्यायो नयाँ बोनभिल टी४०, टी४० ब्ल्याक र टी४

ट्रायम्फ मोटरसाइकल्सले नयाँ बोनभिल सिरिजअन्तर्गत बोनभिल टी४०, बोनभिल टी४० ब्ल्याक र बोनभिल टी४ लन्च  गरेको छ। बजाजसँगको सहकार्यमा विकास गरिएका यी तीनवटै मोटरसाइकल ३५० सीसी टीआर सिरिज इन्जिनमा आधारित छ ।

भारतमा बोनभिल टी४ को मूल्य २ लाख ५४ हजार ९९९ भारु तोकिएको छ । बोनभिल टी४० र टी४० ब्ल्याकको मूल्य २ लाख ७९ हजार ९९९ भारु रहेको छ। यसको बुकिङ अक्टोबर ७, २०२६ देखि सुरु भइसकेको छ। बोनभिल टी४० र टी४० ब्ल्याकको डेलिभरी नोभेम्बर २०२६ को दोस्रो साताबाट सुरु हुनेछ भने बोनभिल टी४ को डेलिभरी जनवरी २०२७ को दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ।

ट्रायम्फको नयाँ बोनभिल सिरिजको सिग्नेचर टियरड्रप फ्युल ट्याङ्की, गोलाकार हेडलाइट, स्पोक ह्विल, ट्विन शक रियर सस्पेन्सन र ह्यान्ड पेटेन्ड कोच लाइनिङ जस्ता डिजाइन एलिमेन्ट दिइएको छ। साथै यसमा ब्रस्ड पिसुटर साइलेन्सर र आल्मुनियम इन्जिन कभर प्रदान गरेको छ ।

यसको तीनवटै मोडलमा ३५० सीसीको नयाँ टीआर सिरिज इन्जिन प्रयोग गरिएको छ। सो इन्जिनले ७००० आरपीएममा २९ पीएस पावर र ५५०० आरपीएममा ३१ एनएम अधिकतम टर्क उत्पादन गर्छ।

यसको टी४० र टी४० ब्ल्याकमा ४ इन्चको गोलाकार टीएफटी डिस्प्ले दिइएको छ, जसमा स्मार्टफोन कनेक्टिभिटी, म्याप नेभिगेसन र म्युजिक कन्ट्रोलजस्ता सुविधा उपलब्ध छ । यसमा ५ वटा राइडिङ मोड रहेको छ र कर्नरिङ एबीएस, कर्नरिङ ट्र्याक्सन कन्ट्रोल र क्रुज कन्ट्रोलजस्ता इलेक्ट्रोनिक राइडर असिस्ट सिस्टम पनि उपलब्ध गराएको छ ।

बोनभिल टी४ तुलनात्मक रूपमा सरल र किफायती विकल्पका प्रस्तुत गरिएको छ। यसमा कलर एलसीडी डिस्प्ले र ड्युअल च्यानल एबीएस उपलब्ध छ। नयाँ बोनभिल सिरिजमा सहज एर्गोनोमिक्स र कम सिट उचाइलाई प्राथमिकता दिइएको छ। यसमा लो–सिट प्रयोग गर्दा सिट उचाइ ७७० एमएमसम्म घटाउन सकिने कम्पनीले जनाएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...