धरानमा बिपुल क्षेत्रीको कन्सर्टबीच टीभीएस एनटर्क १५० सार्वजनिक
धरान – नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा...
काठमाडौँ–टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले युएईको दुबईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस मोटर कम्पनीको अन्तर्राष्ट्रिय आफ्टर–सेल्स सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।
विभिन्न देशका वितरकहरूको सहभागिता रहेको उक्त विश्वव्यापी सम्मेलनमा जगदम्बा मोटर्सलाई ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ र ‘बेस्ट म्यानुफ्याक्चरिङ युनिट–एसिया’ गरी दुई अवार्ड प्रदान गरिएको हो ।
प्राप्त अवार्डमध्ये ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ लाई निकै महत्त्वपूर्ण मानिएको छ । यस अवार्डले जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पाटर््सको उपलब्धता र प्रभावकारी ग्राहक सेवासहितको सम्पूर्ण सर्भिस नेटवर्क टीभीएसएस परिवारअन्तर्गत विश्वकै उत्कृष्टमध्ये एक रहेको पुष्टि गरेको छ ।
यस उपलब्धिबारे खुसी व्यक्त गर्दै जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले यो सम्मान वर्षौंदेखि विश्वास गर्दै आएका ग्राहक र सेवामा निरन्तर खट्ने टोलीको मेहनतको परिणाम भएको बताइन् ।
उनकाअनुसार यो अवार्डले नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेको स्पष्ट पार्छ र टीभीएस मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताहरू आफू उत्कृष्ट सेवाको हातमा रहेकोमा पूर्ण रूपमा विश्वस्त हुन सक्छन् ।
नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स गुणस्तर, इमानदारी र दीर्घकालीन ग्राहक सम्बन्धको मूल्यमान्यतामा आधारित भएर सञ्चालित छ ।
कम्पनीले देशभरको नेटवर्कमार्फत छिटो, पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्दै उच्च मापदण्डलाई निरन्तर कायम राख्ने प्रतिबद्धता जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...