कोरला नाकामा एमजी एस५ र एस६, छिट्टै नै ग्राहकलाई डेलिभरी गरिने
काठमाडौं – नेपाली ग्राहकले अब केही दिनमै एमजी एस५ र एस६ ईभीको पनि डेलिभरी...
काठमाडौं - परफर्मेन्स र एड्भेन्चर मोटरसाइकलका लागि चिनिएको क्रसफायरले नेपालमा आफ्नै ब्रान्ड पहिचानअन्तर्गत 'क्रसफायर ईभी' सेग्मेन्ट सुरु गर्दै विद्युतीय दुईपाङ्ग्रे सवारी बजारमा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ। कम्पनीले यससँगै आफ्नै ब्रान्ड आइडेन्टिटी, प्रोडक्ट फिलोसोफी र प्रविधिसहित विद्युतीय मोबिलिटी क्षेत्रमा उपस्थिति विस्तार गर्न लागेको जनाएको हो।
नेपालमा क्रसफायरको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले सन् २०२३ मा 'ग्यारो' (GAROW) ब्रान्डमार्फत विद्युतीय मोबिलिटी क्षेत्रमा प्रवेश गरिसकेको थियो। ग्यारोमार्फत कम्पनीले नेपाली ईभी बजार, ग्राहकको अपेक्षा, रेन्जको आवश्यकता, चार्जिङ व्यवहार, दैनिक प्रयोग तथा बिक्रीपछिको सेवासम्बन्धी महत्त्वपूर्ण अनुभव हासिल गरेको छ। सोही अनुभवलाई आधार बनाउँदै अब अर्को चरणका रूपमा क्रसफायर ईभी नाममा आफ्नै समर्पित विद्युतीय मोबिलिटी सेग्मेन्ट अघि बढाउन लागिएको कम्पनीले बताएको छ।
क्रसफायर ईभीअन्तर्गत पहिलो उत्पादनका रूपमा कम्पनीले एकपटकको चार्जमा २५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ।
नेपालमा लामो रेन्ज भएका इलेक्ट्रिक स्कुटर पहिल्यै उपलब्ध रहेकाले क्रसफायर ईभीले रेन्जलाई मात्र मुख्य विशेषता बनाउने छैन। कम्पनीका अनुसार नयाँ स्कुटरलाई रेन्ज, परफर्मेन्स, डिजाइन, प्रविधि, दैनिक प्रयोगको सहजता र स्वामित्वप्रतिको विश्वासबीच सन्तुलन कायम गर्ने गरी प्रस्तुत गरिनेछ।
यो स्कुटर विशेषगरी दैनिक आवागमनसँगै लामो दूरीको यात्रा गर्ने ग्राहकलाई लक्षित गरी विकास गरिएको हो। दाबी गरिएको २५० किलोमिटरसम्मको रेन्जले बारम्बार चार्ज गर्नुपर्ने आवश्यकता कम गर्दै प्रयोगकर्तालाई थप स्वतन्त्रता र सुविधा दिने अपेक्षा गरिएको छ।
क्रसफायर ईभीको सुरुवातसँगै कम्पनीले नेपालमा तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय मोबिलिटी बजारमा अझ स्पष्ट र दीर्घकालीन उपस्थिति निर्माण गर्ने लक्ष्य लिएको छ।
नयाँ मोडलको मोटर क्षमता, ब्याट्री, चार्जिङ समय, टप स्पिड, प्रविधि, सुरक्षा फिचर, वारेन्टी, मूल्य तथा बुकिङ विवरण भने औपचारिक सार्वजनिक कार्यक्रममा घोषणा गरिनेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...