आईपीओ जारी गर्ने तयारीमा पीएलओ, शेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने
काठमाडौं–पूर्वाञ्चल ल्युब आयल (पीएलओ) ले सर्वसाधारणका लागि छिट्टै साधारण...
काठमाडौं - नेपालमा गल्फ लुब्रिकेन्ट्सको आधिकारिक आयातकर्ता तथा उत्पादक नेपाल ल्युब आयल लिमिटेड (एनएलओएल) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्ससँग साझेदारी नवीकरण गरेको छ। यस साझेदारीअन्तर्गत गल्फ लुब्रिकेन्ट्स जनकपुर बोल्ट्सको ‘अफिसियल लुब्रिकेन्ट पार्टनर’ का रूपमा निरन्तर रहनेछ।
काठमाडौंको झम्सिखेलस्थित द प्लाजामा आयोजित सम्झौता हस्ताक्षर समारोहमा साझेदारीको औपचारिक घोषणा गरिएको हो। सोही अवसरमा दुवै पक्षले जनकपुर बोल्ट्सको रङमा तयार पारिएको गल्फ प्राइड ४टी प्लस २०डब्लु–५० को सीमित स्पेसल एडिसन प्याक पनि सार्वजनिक गरेका छन्।
विगतका सिजनको सहकार्यलाई आधार बनाउँदै यस पटकको साझेदारीले परम्परागत प्रायोजन र ब्रान्ड भिजिबिलिटीमा मात्र सीमित नरही क्रिकेटप्रेमी, उपभोक्ता, खुद्रा विक्रेता, मेकानिक तथा व्यावसायिक साझेदारसँग प्रत्यक्ष सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ। जनकपुर बोल्ट्सको ऊर्जा र गल्फ ल्ुब्रिकेन्ट्सको ’परफर्मेन्स–ड्रिभन’ पहिचानलाई जोड्दै यो अभियान ‘गल्फ पावर्ड बोल्ट्स’ थिमअन्तर्गत सञ्चालन हुनेछ।
स्पेसल एडिसन प्याक
जनकपुर बोल्ट्सको पहिचान र रङलाई आधार बनाएर तयार पारिएको गल्फ प्राइड ४टी प्लस २०डब्लु–५० को यो स्पेसल एडिसन प्याक सीमित संख्यामा उपलब्ध हुनेछ। यो प्याक २०८३ असोज १५ देखि मंसिर १४ गतेसम्म बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
स्पेसल एडिसन बजार अभियानअन्तर्गत अवधिभर यो प्याकको सबैभन्दा बढी बिक्री गर्ने खुद्रा विक्रेतालाई सम्मान गर्न गल्फले ‘रिटेलर लिडरबोर्ड’ कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ।
उत्पादन सिधै प्रशंसकको हातसम्म
नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत करण कुमार चौधरीले जनकपुर बोल्ट्ससँगको सम्बन्ध ब्रान्ड देखाउन मात्र नभई टोली र मधेशको माटोसँग जित र हार दुवैमा उभिने नाता भएको बताए। ‘गल्फ पावर्ड बोल्ट्स’ मार्फत यो नातालाई अझ गहिरो बनाउँदै उत्पादन सिधै क्रिकेटप्रेमी, खुद्रा विक्रेता र मेकानिकको हातसम्म पु¥याउने उनको भनाइ छ।
“असली क्षमता त्यही बेला देखिन्छ जब समय सबैभन्दा गाह्रो हुन्छ, र त्यही भावना हामीले यो टिम र मधेशमा पाइरहेका छौं,’’ चौधरीले भने।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले गल्फ टोलीको हरेक अध्यायमा साथमा रहेको बताए। एनपीएल ट्रफी उचालेको गौरवपूर्ण क्षणदेखि अंकतालिकाको पुछारमा रहेर कठिन समय सामना गर्दासम्म गल्फले निरन्तर विश्वास देखाएको उनले उल्लेख गरे। “यो केवल प्रायोजन होइन, विश्वास, सम्मान र हाम्रो मधेश समुदायको मायामा बनेको सम्बन्ध हो,’’ उनले भने।
नेपाल ल्युब आयलका डीजीएम (सेल्स एन्ड मार्केटिङ) दिवाकर मिश्रका अनुसार स्पेसल एडिसनमार्फत साझेदारीलाई भिजिबिलिटीमा मात्र सीमित नराखी बजारसँग अझ नजिकको सम्बन्ध स्थापित गर्ने लक्ष्य लिइएको हो। गल्फको उत्पादन क्षमता र जनकपुर बोल्ट्सप्रतिको जोसलाई जोड्दै एनपीएल अवधिभर उपभोक्ता र खुद्रा विक्रेता दुवैका लागि फरक र आकर्षक अनुभव सिर्जना गर्ने उनको भनाइ छ।
डिजिटल, म्याचडे र बजार सञ्जालमा अभियान
तेस्रो सिजनको साझेदारीलाई डिजिटल प्लेटफर्म, म्याचडे गतिविधि तथा गल्फको बजार सञ्जालमार्फत विभिन्न उपभोक्ता र बजारकेन्द्रित कार्यक्रमले थप सशक्त बनाइनेछ। यसबाट दुवै ब्रान्डले क्रिकेटप्रेमी र बजारसँग अझ अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेका छन्।
एनपीएलको तेस्रो संस्करण यही २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने तय भएको छ।
वि.सं. २०४१ (सन् १९८४) मा स्थापित नेपाल ल्युब आयल लिमिटेड गल्फ आयल इन्टरनेसनलको इजाजतप्राप्त कम्पनी हो। कम्पनीले बाराको अमलेखगञ्जस्थित प्लान्टमा अटोमोटिभ तथा औद्योगिक लुब्रिकेन्ट र ट्रान्सफर्मर आयल उत्पादन गर्दै आएको छ। ३५ भन्दा बढी थोक वितरक र ३ हजारभन्दा बढी खुद्रा विक्रेतामार्फत कम्पनीले देशभर सेवा पु¥याएको छ। आईएसओ ९००० प्रमाणपत्र प्राप्त गर्ने नेपालका पहिलो चार कम्पनीमध्ये एक एनएलओएल हाल आईएसओ ९००१ः२०१५ प्रमाणित छ।
मधेश प्रदेशको जनकपुरमा आधारित जनकपुर बोल्ट्स एनपीएलमा प्रतिस्पर्धा गर्दै आएको व्यावसायिक टी–२० क्रिकेट फ्रेन्चाइज हो। ड्रिम स्पोट्र्स प्रालिको स्वामित्वमा रहेको यो टिमले सन् २०२४ मा एनपीएलको पहिलो संस्करणको उपाधि जितेको थियो।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...