चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ नयाँ टाटा पन्च ईभी जित्ने अवसर

काठमाडौं – नेपालीहरूको सबैभन्दा ठूलो चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ । दशैं, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेका छन् ।

यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा सामान मात्रै घर लैजाने होइन, नेपालमा सर्वाधिक रुचाइएको दावी गरिएको इलेक्ट्रिक एसयूभी नयाँ टाटा पन्च ईभी नै जित्ने अवसर पनि प्राप्त गर्न सकिनेछ ।

योजना अन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा २ हजार ५ सय रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन् । खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी उपहार प्रदान गरिनेछ ।

साथै, भाटभटेनीबाट सामान किन्दा नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एक जना भाग्यशाली ग्राहकले अर्को नयाँ टाटाको पन्च ईभी कार जित्न सक्ने भाटभटेनीले बताएको छ । यो चाडपर्वमा भाटभटेनीमा सपिङ गर्दा ग्राहकहरुले २ नंया टाटा पन्च ईभी जित्न सकिने छ ।

यस योजनाको सबैभन्दा ठूलो आकर्षण बनेको नयाँ टाटा पन्च ईभी अहिलेको बदलिँदो नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको आधुनिक इलेक्ट्रिक एसयूभी हो । नयाँ पन्च ईभीमा विद्युतीय ड्राइभिङको सहजतासँगै प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ ।

अत्याधुनिक ‘एक्टि.ईभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन् ।

यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, बीएनक्याप ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सी डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ ।

टाटा मोटर्सका नेपालमा रहेका २० वटा शोरुमसँगै अब नेपालभरीको २८ वटा भाटभटेनीमा पनि टाटा कारको जानकारी लिन सकिने छ । यसको साथै यो चाडपर्वको बेलामा भाटभटेनीमा सपिङ गर्ने टाटा कारको ग्राहकहरुले थुप्रै सरप्राइज पाउने कम्पनीले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...