थप आराम, थप सहजतासहितको नयाँ टीभीएस रेडर १२५ सिंगल सिट नेपालमा सार्वजनिक

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा नयाँ टीभीएस रेडर १२५ सिंगल सिट सार्वजनिक गरेको छ। यस नयाँ मोडलको आगमनसँगै नेपालमा टीभीएस रेडर पोर्टफोलियो थप विस्तार भएको कम्पनीको भनाइ छ।

काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजित विशेष कार्यक्रममा जगदम्बा मोटर्स प्रालिकी अध्यक्ष श्रीमती दीपा अग्रवाल, उपाध्यक्ष दीपक रौनियार, कमेडी नाइट्समार्फत सुशीला कार्कीको क्यारिकेचरका लागि चर्चित कर्मा लामा तथा शशमित पोखरेलको क्यारिकेचरका लागि चर्चित निश्छल अर्यालले सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर तथा इन्फ्लुएन्सरहरूको उपस्थितिमा नयाँ टीभीएस रेडर १२५ सिंगल सिट सार्वजनिक गर्नुभएको हो।

यसको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ । नयाँ टीभीएस रेडर १२५ सिंगल सिटले रेडरको परिचित स्पोर्टी डिजाइन र प्रदर्शनलाई थप आरामदायी तथा व्यावहारिक सिंगल–सिट कन्फिगरेसनसँग जोडेको छ। विशेषगरी स्टाइल, प्रदर्शन र दैनिक प्रयोगलाई समान महत्व दिने युवा राइडरलाई लक्षित गर्दै यो मोडल प्रस्तुत गरिएको हो।

नयाँ सिंगल–सिट कन्फिगरेसनले चालक र पछाडि बस्ने यात्रु दुवैका लागि थप निरन्तर, फराकिलो र सहज सिटिङ एरिया प्रदान गर्दछ। यसले राइडरलाई आफ्नो बसाइको स्थिति सहज रूपमा मिलाउन सहयोग गर्नुका साथै दैनिक सवारी, लामो दूरीको यात्रा तथा दुई जनासहितको राइडमा थप फ्लेक्जिबिलिटी प्रदान गर्छ। काम, कलेज, फुर्सदको राइड वा परिवारसँगको आवतजावतमा मोटरसाइकल प्रयोग गर्ने ग्राहकका लागि यो सिंगल–सिट लेआउटले रेडरलाई अझ उपयोगी र बहुपयोगी बनाउँछ, जबकि यसको स्पोर्टी क्यारेक्टर भने यथावत् रहन्छ।

यस नयाँ भेरियन्टले रेडरको सार्प र इनर्जेटिक स्टाइलिङ कायम राख्दै फराकिलो प्रयोगका लागि उपयुक्त सिटिङ कन्फिगरेसन थपेको छ।

टीभीएस रेडरमा १२४.८ सीसी इन्जिन, ५–स्पिड गियरबक्स, रिभर्स एलसीडी डिस्प्ले, एलईडी लाइटिङ, मोनोसक सस्पेन्सन तथा यूएसबी चार्जिङ जस्ता आधुनिक फिचर समावेश छन्, जसले प्रदर्शनसँगै दैनिक सवारीलाई थप सहज र सुविधाजनक बनाउँछन्।

नयाँ टीभीएस रेडर १२५ सिंगल सिट सार्वजनिकसँगै जगदम्बा मोटर्सले नेपाली राइडरहरूलाई स्पोर्टी डिजाइन, प्रभावकारी प्रदर्शन, आराम र दैनिक प्रयोगको सहजता प्रदान गर्ने विकल्पहरू थप विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको बताएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...