बेनेलीको दसैँ अफर: एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा

काठमाडौं - बेनेली नेपालले दसैँको अवसरलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि विशेष दसैँ अफर सार्वजनिक गरेको छ । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले ग्राहकलाई नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न थप सहज बनाउने उद्देश्यले ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा सहज फाइनान्सिङ सुविधा सहितको विशेष योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरसँग बेनेलीको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ४० हजार रुपैयाँसम्मको बोनस प्राप्त गर्न सक्नेछन् । पुरानो सवारीसाधनलाई एक्सचेन्ज गरी नयाँ बेनेली खरिद गर्न चाहने ग्राहकलाई दशैंको अवसरमा थप मूल्य लाभ उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकको खरिद प्रक्रियालाई अझ सहज बनाउन कम्पनीले सहज फाइनान्सिङ सुविधा समेत उपलब्ध गराएको छ । यस सुविधामार्फत ग्राहकले आफ्नो बजेटअनुसार सहज किस्ताबन्दीमा बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

दसैँअफर अन्तर्गत ग्राहकले बेनेली प्यानेरिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ तथा बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...