बुढीगण्डकीको बाढीले बगायो जलविद्युत् परियोजनाको क्याम्प र सोतीको मोटरेबल पुल
गोरखा – बुढीगण्डकीमा आएको बाढीले चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा...
काठमाडौं–सडक दुर्घटना गराएर सवारी साधन भागेमा (हिट एण्ड रन) वा बीमा नभएको सवारी साधनको धनी वा चालकसँग क्षतिपूर्ति दिने सम्पत्ति नभएमा अब पीडित घाइतेले सरकारी कोषबाटै क्षतिपूर्ति पाउने भएका छन् ।
सङ्घीय संसद्मा पेस गरिएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ को दफा ३१ मा यस्तो कानुनी व्यवस्था प्रस्ताव गरिएको हो ।
विधेयक पारित भएपछि राष्ट्रिय सडक सुरक्षा परिषद्ले आफ्नो कोषमार्फत यस्ता घाइतेहरूलाई क्षतिपूर्ति उपलब्ध गराउनेछ, जसले गर्दा ठक्कर दिने सवारी साधन नभेटिँदा वा चालक विपन्न हुँदा उपचार र राहत पाउन नसकिने अवस्थाको अन्त्य हुनेछ ।
यसैगरी, सडकमा हुने अव्यवस्थित पार्किङ र निर्माण सामग्री थुपार्ने प्रवृत्तिलाई रोक्न पनि विधेयकले कडा हर्जानाको व्यवस्था गरेको छ । सडकको गुड्ने भाग वा पार्किङ निषेध गरिएको ठाउँमा राखिएका सवारी साधनका कारण दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित सवारी धनी वा चालकबाटै असुल गरी पीडितलाई दिलाइनेछ ।
त्यस्तै, सडक वा सडकपेटीमा अनधिकृत रूपमा मालसामान राखेका कारण दुर्घटना भई हानि–नोक्सानी भएमा सामान राख्ने व्यक्ति वा संस्था स्वयम्ले नै दुर्घटनाका घाइते तथा पीडितलाई क्षतिपूर्ति भर्नुपर्ने बाध्यात्मक व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...