सडक दुर्घटनामा ठक्कर दिएर भागे सरकारी कोषबाटै क्षतिपूर्ति

काठमाडौं–सडक दुर्घटना गराएर सवारी साधन भागेमा (हिट एण्ड रन) वा बीमा नभएको सवारी साधनको धनी वा चालकसँग क्षतिपूर्ति दिने सम्पत्ति नभएमा अब पीडित घाइतेले सरकारी कोषबाटै क्षतिपूर्ति पाउने भएका छन् ।

सङ्घीय संसद्मा पेस गरिएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ को दफा ३१ मा यस्तो कानुनी व्यवस्था प्रस्ताव गरिएको हो ।

विधेयक पारित भएपछि राष्ट्रिय सडक सुरक्षा परिषद्ले आफ्नो कोषमार्फत यस्ता घाइतेहरूलाई क्षतिपूर्ति उपलब्ध गराउनेछ, जसले गर्दा ठक्कर दिने सवारी साधन नभेटिँदा वा चालक विपन्न हुँदा उपचार र राहत पाउन नसकिने अवस्थाको अन्त्य हुनेछ ।

यसैगरी, सडकमा हुने अव्यवस्थित पार्किङ र निर्माण सामग्री थुपार्ने प्रवृत्तिलाई रोक्न पनि विधेयकले कडा हर्जानाको व्यवस्था गरेको छ । सडकको गुड्ने भाग वा पार्किङ निषेध गरिएको ठाउँमा राखिएका सवारी साधनका कारण दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित सवारी धनी वा चालकबाटै असुल गरी पीडितलाई दिलाइनेछ ।

त्यस्तै, सडक वा सडकपेटीमा अनधिकृत रूपमा मालसामान राखेका कारण दुर्घटना भई हानि–नोक्सानी भएमा सामान राख्ने व्यक्ति वा संस्था स्वयम्‌ले नै दुर्घटनाका घाइते तथा पीडितलाई क्षतिपूर्ति भर्नुपर्ने बाध्यात्मक व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...