बीवाईडी एट्टो१ मा अब ड्राइभर सिटमै मसाज र थप स्टोरेज सुविधा
काठमाडौं–बिवाइडीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याकको दोस्रो...
काठमाडौं - शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप अर्थात् स्याकम्यानसँगको सहकार्यमा एक्स५०००ई ६×४ इलेक्ट्रिक प्राइम मुभर र एक्स५०००ई ६×४ इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक गरेको छ । यी दुई मोडलमार्फत स्याकम्यानले नेपालको विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन बजारमा प्रवेश गरेको हो ।
कम्पनीले एक्स५०००ई ६×४ इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ तोकेको छ । निर्माण, खानी तथा अफरोड प्रयोगका लागि तयार गरिएको एक्स५०००ई ६×४ इलेक्ट्रिक टिपरको मूल्य भने २ करोड ३५ लाख रुपैयाँ राखिएको छ ।
भारी सामान ढुवानी तथा लामो दूरीको व्यावसायिक यातायातलाई ध्यानमा राखेर एक्स५०००ई इलेक्ट्रिक प्राइम मुभर तयार गरिएको कम्पनीले जनाएको छ । एक्स५०००ई इलेक्ट्रिक टिपरलाई निर्माण, खानी तथा अन्य चुनौतीपूर्ण अफरोड सञ्चालनका लागि डिजाइन गरिएको छ ।
दुवै मोडलमा इलेक्ट्रिक पावरट्रेन र ६×४ ड्राइभट्रेन उपलब्ध छन् । यी ट्रकमा फास्ट चार्जिङ, रिजेनेरेटिभ ब्रेकिङ र इन्टेलिजेन्ट ब्याट्री म्यानेजमेन्ट सिस्टमसमेत राखिएको छ । कम्पनीका अनुसार यी प्रविधिले चुनौतीपूर्ण व्यावसायिक अवस्थामा ट्रकलाई प्रभावकारी र भरपर्दो रूपमा सञ्चालन गर्न सहयोग पुर्याउनेछन् ।
स्याकम्यान एक्स५०००ईमा चालकको आराम र सञ्चालन सहज बनाउन एयर–सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ र ठूलो इन्स्ट्रुमेन्ट डिस्प्ले दिइएको छ । दुवै मोडलमा हेभी–ड्युटी व्यावसायिक सञ्चालनका लागि आवश्यक विभिन्न सुरक्षा तथा नियन्त्रण प्रणालीसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले स्याकम्यानसँगको साझेदारीले नेपालमा अत्याधुनिक विद्युतीय मोबिलिटी समाधान ल्याउने समूहको प्रतिबद्धता देखाउने बताइन् । “आगामी दिनमा यस सहकार्यलाई थप विस्तार गर्दै व्यावसायिक यातायात क्षेत्रमा थप अवसरहरू सिर्जना गर्न हामी तत्पर छौँ,” उनले भनिन् ।
सान्क्सी अटोमोबाइल होल्डिङ ग्रुपका साउथ एसिया जनरल म्यानेजर स्यान्डर्स लीले नेपाल विद्युतीय हेभी–ड्युटी सवारीसाधनका लागि सम्भावनायुक्त बजार भएको बताए । “शंकर ग्रुप र जगदम्बा मोटर्ससँग साझेदारी गर्न पाउँदा हामी खुसी छौँ । यस सहकार्यमार्फत नेपाली बजारमा भरपर्दो र प्रविधिमा आधारित हेभी–ड्युटी समाधानहरू ल्याउने हाम्रो लक्ष्य छ,” उनले भने ।
जगदम्बा मोटर्सका एक्जेक्युटिभ डिरेक्टर अखिल गुप्ताले एक्स५०००ई कम्पनीको व्यावसायिक सवारीसाधन पोर्टफोलियोमा महत्वपूर्ण थप भएको बताए । नेपालको यातायात, निर्माण तथा औद्योगिक क्षेत्रका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्ने विद्युतीय हेभी–ड्युटी समाधान उपलब्ध गराउन पाउँदा कम्पनी खुसी रहेको उनको भनाइ छ ।
जगदम्बा मोटर्सले अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डका व्यावसायिक तथा अन्य सवारीसाधन नेपालमा वितरण गर्दै आएको छ । स्याकम्यान चीनको हेभी–ड्युटी व्यावसायिक सवारीसाधन निर्माता हो, जसको इतिहास ६० वर्षभन्दा लामो रहेको कम्पनीले जनाएको छ । कम्पनीले सैन्य तथा व्यावसायिक सवारीसाधनसहित चुनौतीपूर्ण सञ्चालन वातावरणका लागि आवश्यक ट्रक र यातायात समाधान उत्पादन गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...